ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन क्वालालम्पुरमा सम्पन्न

दिनेश खड्का खप्तडी, मलेसिया,असार, १२- ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित धरहरा रेस्टुरेन्ट सभाहलमा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष हिराबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि दलित एकता सेवा संन्जाल मलेसिया(NCC)का कोषाध्यक्ष हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि तेह्रथुम जनसम्पर्क मंच मलेसियाका प्रमुख डम्बर घदाइली रहनुभएको […]

को बन्ला नेपालगञ्जको मेयर ?

नेपालगन्ज, असार,११- स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपालगन्जका मतदाता यतिबेला मैदानमा उत्रिएका उम्मेदवारको योग्यता र क्षमताको विश्लेषण गरिरहेका छन् । नेपलागन्जका सडक, गल्ली, चोक, चियापसल लगायत स्थानमा मतदाताहरुको यिनै विषयमा चासो रहेको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा योग्य र सक्षम व्यक्तिलाई जिताउने आम मतदाताको तयारी छ । भाषण भन्दापनि काम गरेर देखाउन सक्ने […]

३ दिने हस्पिटालिटी कुक तालिम सम्पन्न

मधुपौडेल, बाँके,असार,१२- बाँकेको नयाँ गाउँ होमस्ट्रेमा ३ दिने हस्पिटालिटी र कुक तालिम आज सोमबार सम्पन्न भएको छ ।सम्बृद्धिका लागि पर्यटन सञ्चार अभियान भन्ने मुल नारा का साथ नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग तालिमको आयोजना गरिएको थियो । पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका […]

सरकार र निर्वाचन आयोगप्रति ओलीको चर्को आक्रोश

काठमाण्डौ,असार,१२- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै सरकार र निर्वाचन आयोगप्रति चर्को आक्रोश पोख्नु भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले राज्य आतंक मच्याएको आरोप लगाउनुभयो । ‘बुटवलमा म आफैं सहभागी भएको सभाको पछाडि तीनवटा बम भेटिएको छ, यसमा सरकारको […]

गोली हानेर गहना लुट्ने २ पक्राउ

चितवन,असार,१२- पश्चिम चितवनको शुक्रनगरमा जेठ ४ गते गोली हानी भएको लुटपाट घटनामा चोरिएका सामान सहित २ जना पक्राउ परेका छन्। लुटिएका गहनाहरु गालेर अर्कै गहना बनाइएको अवस्थामा गरगहना सहित २ जनलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। उनका अनुसार अर्का एकजना पर्वत घर भइ दिव्यनगर ससुरालीमा बस्ने कृष्ण शाही ठकुरी फरार रहेको […]

बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द

बैतडी,असार,१२- स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ । आज बिहान ७ बजेदेखि असार १५ गते बिहानसम्म सीमा नाकामा आवत जावत बन्द हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । असार १४ गते हुने चुनावको सुरक्षाका लागि सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय […]

लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै

काठमान्डौँ,असार,१२- नेपालमा लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो । गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ […]

ढुक्क भएर मतदान गर्न गृहमन्त्री शर्माको आह्वान

दाङ,असार,१२- गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नु भएको हो ।रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा मन्त्री शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाइएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका हुन्। निर्वाचनमा जनताको उत्साह पूर्ण सहभागिता र […]

मुस्लिम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै

काठमाडौं, असार १२- ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको बिषेश परिकार […]

निर्वाचनका लागि सम्पूर्ण तयारी पूराः आयोग

काठमाडौं,असार, १२- निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको बताउनुभयो । ‘मतपेटिकासहित […]