स्कटल्याण्ड एबर्डिनमा नेपाली कक्षा सञ्चालनको तीन वर्ष पूरा

स्कटल्याण्ड, असार,५- बेलायतको स्कटल्याण्ड एबर्डिनमा नेपालीहरूको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरूलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको तीन वर्ष पूरा भएको छ। नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देश्यले हरेक दुई सातामा दुई घण्टाको दरले एसोसिएसनले विगत तीन वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको छ। एसोसिएसनले नेपाली अभिभावकहरूकै सहयोग लिएर स्वयंसेवक […]

बझाङमा काँडा गाँउपाली ५ बाट एमालेको विजयी सुरुवात

होम योगी, बझाङ, असार,५- नेकपा एमाले बझाङको काँडा गाँउपालीका ५ मा प्यानल निर्विरोध निर्वाचित भएको छ । काडाँ गाउँपालिका ५ मा एमालेका वडा अध्यक्ष धन्नजय बोहराको प्यानल निर्विरोध निर्वाचित भएको स्थानीय गोरख बहादुर बोहराले बताए । आईतबार भएको मनोनय दर्तामा काडाँ गाउँपालिका ५ बाट अन्य दलको उम्मेदवारी उम्मेदवारी नपरेपछि एमालेका वडा अध्यक्ष पदका उम्मेदवार धन्नजय […]

नक्कली सिआइवी बनी काठमाडौंमा लुटपात गर्ने दाङका कुलानन्द र आसिका पक्राउ

नरेश खड्का,  दाङ, असार ,५- सिआइवी प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो । पक्राउ पर्नेमा साविक सैघा–६ दाङका ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, दाङ घोराही–३ की १९ वर्षिया शुरु केसी भनिने असिका परियार, […]

दाङमा मध्यरातमा बिप्लबद्वारा उम्मेदवारहरुकाे घर-घरमा कालाे झन्डा

नरेश खड्का, दाङ, असार,५- कथित स्थानीय चुनावको खारेज माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ ।दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्ष […]

दाङका दशवटै तहमा शान्तिपूर्वक मनोनयन दर्ता (नामावली सहित)

नरेश खड्का, दाङ,असार, ५- स्थानीय तह निर्वाचनका लागि दाङमा सबै तहहरुमा शान्तिपूर्वक उमेद्धारी दर्ता भएको छ । मुख्य दलहरु सँगै साना दलहरु र स्वतन्त्ररुपबाट नेताहरुले उमेद्धारी दर्ता गराएका छन् । उमेद्धारहरु बाजागाजा र मतदाताहरु सहित मनोनयन गर्ने स्थलमा पुगेका थिए । जिल्लाका १० स्थानीय तहमा दलहरुले दर्ता गराएको उमेद्धारी हेर्नुहोस । नेपाली कांग्र दाङले दश […]

बाँकेका गाउँपालिका स्तरमा उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता

नेपालगञ्ज,असार, ४- बाँकेका गाउँपालिका स्तरमा समेत उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता गरिएको छ । ६ वटा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा काङग्रेसका तर्फबाट गाउँपालिका प्रमुख, उपमेयर र वडा अध्यक्ष उम्मेदवारहरुले उत्साह र शान्तिपूर्ण रुपमा पूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । वैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताबीच झडपपछि केही अशान्ति भएको थियो । कोहलपुर नगरपालिकामा काँगे्रसका तर्फबाट […]

बाजुरामा काँग्रेस एमालेका कार्यकर्ताबीच झडप, एकको मृत्यु दर्जनौ घईते

बाजुरा,असार,४- बाजुराको छेडेदह गाउँपालिकाकाको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा छेडेदह गाउँपालिका ५ का ५० वर्षका हंशबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो ।  नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको थियो । झडपमा […]

चर्चित मोडल थापाको अभिनयमा एकै दिन दुईवटा म्युजिक भिडियो सार्बजनिक

सिर्जना बर्देवा, ओखलढुङगा,असार, ४- बाग्लुङ्गको गल्कोटमा जन्मीएका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा एकै दिन दुईवटा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । एक घण्टाको फरकमा सार्बजनिक भएको म्युजिक भिडियोहरु निकै उत्कृष्ट रहेको छ । “रुमालैले छेक्नी” र “पराई” बोलको गितमा प्रेम जोडीहरुको कहानीलाई देखाईएको छ । “रुमालैले छेक्नी” बोलको गित अत्यन्तै मार्मिक […]

बाँकेमा दोस्रो चरणको निर्वाचनका लागि दलहरुद्वारा उम्मेदवारी दर्ता

बाँके,असार,४- स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा काँगे्रस लगायतका दलका तर्फबाट उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराईरहेका छन् । नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा सबै भन्दा पहिले काँगे्रसका तर्फबाट उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेस बाँकेका तर्फबाट नेपालगन्ज उपमानगरपालिकाको मेयर […]

नवलपरासीमा राजापाका २० जना पक्राउ

नवलपरासी, असार ४- राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई प्रहरीले  आज पक्राउ गरेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको हुनसक्ने प्रहरीले आशंङका गरेको हो ।