काठमाडौं, असार,६- नेपाल–चीन परामर्श संयन्त्रको ११ औं बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । दुई मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल चीनबीचको आर्थिक सहयोग, लगानी, व्यापार, दुबै देशबीच सडक र हवाई मार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श भएको थियो । चार बर्षपछि भएको बैठकमा नेपाल–चीन सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भयो । सिंहदरवारस्थित […]
समाचार
मलेसियामा एक नेपालीको मृत्यु
दिनेश खड्का (खप्तडी) मलेसिया,असार, ६- बिगत लामो बर्ष देखि मलेसियामाको राजधानी क्वालालम्पुर कार्यरत नेपाल कंचनपुर, महेन्द्रनगर घर भएका सुदूर पश्चिम सेवा समाज मलेसीयाको स्थापना काल देखि नै सक्रिय सदस्यको रुपमा कार्यरत डबल बहादुर बोहोरा आइतबार सुदुरपश्चिम सेवा समाज मलेसिया चौथो अधिवेशन तथा सास्कृतिक धमाका सकेर फर्केका बोहरा आफ्नै कोठामा सुतेकै सोमबार बिहाना मृतक अवस्थामा भेटिएका […]
सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवेशन सम्पन्न
दिनेश खड्का (खप्तडी), मलेसिया,असार,६- अनेकतामा एकता, जैविक विविधतामा समुन्नता।सुन्दर सुदूर पश्चिम हाम्रो प्रतिबद्धता”भने मुल नाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो ऐतिहासिक अधिवेशन आईतबार क्वाललाम्पुरको होटल ग्राण्ड कन्टिनेटलमा नयाँ नेतृत्व चयन गर्दै भब्यतापूर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष प्रकाश देव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसीयाका राजदुत महामहिम डा. […]
काँग्रेसद्वारा एक ढिक्का भएर मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह
बाँके,असार, ५- नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै […]
शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा
बाँके, असार,५- नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् । राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा […]
निर्वाचन चिह्न आज प्रदान गरिने
काठमाडौं, असार, ६- दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मंगलबार आज निर्वाचन चिह्न प्रदान गरिने भएको छ । निर्वाचन आयोगकाअनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने […]
निर्वाचन आयोगले अनुगमन टोली परिचालन गर्ने
काठमाडौं, असार,५- निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आज निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताउनुभयो । उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव […]
राजपाले सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवार दिएको गृहमन्त्री शर्माको भनाई
बुटवल, असार, ५- स्थानीय तहको निर्वाचनको विषयमा आज बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो । बैठकपछि […]
घुर्की देखाएर जनताको भविष्यमाथि खेलवाड नगर्न काँग्रेस नेता महतको चेतावनी
काठमाण्डाैं,असार, ५- नेपाली काँग्रेसका नेता रामशरण महतले आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिनु भएको छ । धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतले आन्दोलनरत राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्रमा सबैको चित्त बुझाउन नसकिने भन्दै सारिएको मितिमा […]
विश्वभर शरणार्थीको संख्या हालसम्मकै उच्च भएकाे संयुक्त राष्ट्रसंघको तथ्याङ्क
एजेन्सी,असार, ५- विभिन्न कारण आफ्नो मूल बसोबास छोडेर बिस्थापित हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित हुनेको संख्या ३ लाखले बढेको […]










