सरकारद्धारा वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाण्डाैं,जेठ, ७- सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको […]

शिक्षक विद्यालय फर्केनन्ः परिचरका भरमा विद्यालय

बाजुरा, जेठ, ७- कोल्टीको ढाडाकोस्थित बुढीनन्दा प्रावि २ महिनादेखि सुनसान जस्तै छ । चैत्र दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यायका शिक्षकहरुले चैत्र पहिलो सातामै वार्षिक परीक्षा संचालन गरे । आजको कान्तिपुरमा खबर छ ।

सरकारी तथ्यांकअनुसार तीन हजार विशेषज्ञ डाक्टर अपुग

काठमाडौं, जेठ,७- सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ । सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन् । देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् । पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा […]

राजपालाई फकाउँदै सरकार

काठमाडौं, जेठ,७- सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालकाा अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गरेका छन् छ । सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या […]

मतदातालाई विकासको आस

नवलपरासी, जेठ,७- जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाअध्यक्षले विहिबमर शपथ दिलै गर्दा स्थानीय हुमबहादुर रजालीमगर गाउँमा विकास हुने र समस्या खुलेर भन्न पाउने आशा गर्दै थिए । विकट पहाडी भूगोल समेटिएको यो गाउपालिका विकासका नारा धेरैले दिए पनि स्थानीय जनप्रतिनिधि नहँदा केन्द्रसम्म समस्या पुर्याइदिने कोही थिएनन् । आजको कान्तिपुरमा खबर छ ।

आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने सरकारको तयारी

काठमाण्डाैं,जेठ , ६- सरकारले आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानकि व्यवस्थापछि पुर्ण बजेट कै तयारी गरिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार पुण्य रेग्मीले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि ११ खर्ब ५६ अर्व रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । निर्वाचन आयोगले दोस्रो […]

मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान बाजुरामा पनि सुरु

रमित बि.क, बाजुरा,जेष्ठ ६- नेपाल सरकाले सुर्ती तथा धुम्रपान नियन्त्रणका लागि नियमन गर्ने ऐन २०६८ निर्माण गरेको छ । जिल्लामा सुतीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन २०६८ सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान आज देखि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख […]

निःशुल्क शारिरिक अपाङ्गता शिविर शनिवारबाट सुरु

रमित बि.क, बाजुरा, जेष्ठ ६- जिल्लामा रहेका अपाङ्गताहरका लाििग निशुल्क शारिरिक अपाङ्गता शिविर आज कोल्टीमा सुरु भएको छ । अपाङ्गता भएकाहरुलाई सहज रुपमा सेवा दिनकालागि शिविर संचालन गरिएको बताइएको छ । शिविरमा हात खुट्टा कमजोर,नचल्ने बाङ्गो भएका,हातखुट्टा नभएका,हिडडेल गर्नमा कठिनाई भएका पोलियो तथा पश्क्षघात,आगोले पोलेका फरक आकार लगायतका समस्या भएकाहरुलाई उपचार गरिने भएको छ । शिविरमा […]

सुनौला हजार दिन प्रभावकारी बन्दै

रमित बि.क, बाजुरा,जेष्ठ ६- गर्भवती महिला तथा दुई वर्षमुनिका बच्चालाई केन्द्रीत संचालन गरिएको गरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको पाइएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमा तथा बालबाबालिकालाई स्वस्थ वनाउन विभिन्न चार चरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदै गएको बताइएको छ । सुनौला हजारदिन सम्बन्धी हाते पुस्तिकाले […]

सामाजिक कार्यकर्तालाई निर्वाचन शिक्षा अभिमुखीकरण

रमित बि.क, बाजुरा,जेष्ठ ,६- आसन्न स्थानिय तहको जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका सामाजिक परिचालकहरुलाइ निर्वाचन मतदाता शिक्षा सम्वन्धी अभिमुखीकरण तालिम दिइएको छ । ​बैशाख ३१ गते भएको तिन वटै प्रदेशमा मतदाताहरुले मत हाल्न नजानेर धेरै मत बदर भएकाले मत बदर न्युनिकरण गर्नका लागि सामाजिक परिचालकहरुलाई मतदाता शिक्षा सम्वन्धी […]