शुक्रबारसम्म तीन प्रदेशका उम्मेदवारको टुंगो लगाउने कांग्रेसको तयारी

काठमान्डौ,जेठ,२५- नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश १, ५ र ७ को शुक्रबारसम्म टुङ्गो लगाउने निष्कर्ष निकालेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले गुल्मी, […]

फाष्ट ट्र्याकबाट पारित भयो स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक, मनोनयन दर्ता सहज

काठमान्डौैँ,जेठ,२५ स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक, २०७४ संसदले बहुमतले पारित गरेको छ। बिहीबार बसेको संसदको दोस्रो बैठकले स्थानीय तह निर्वाचन विधेयक, २०७३ को दफा १८ को प्रावधान परिवर्तन गरी स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक, २०७४ बहुमतले पारित गरेको हो। सरकारले विधेयक पारितका लागि संसदको पहिलो बैठकमा कार्यसञ्चालन नियमावलीको नियम १२७ निलम्बन गरेको थियो। […]

भोज खाँदा एउटै गाउँका ३५ भन्दा बढी बिरामी

झापा,जेठ,२४- झापाको शिवसताक्षीमा एक घरमा भोज खाँदा एउटै गाउँका ३५ बढी बिरामी परेका छन्। शिवसताक्षी नगरपालिका– १० माइधारका नेत्र दाहालको घरमा भोज खान गएका ३५ जना भन्दा बढी निम्तालु बिरामी परेका हुन्। हिजो दिउँसोदेखी राति अबेरसम्म भोज खाएका उनीहरु आज बिहानदेखि बिरामी परेका हुन्। सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म पनि बिरामी […]

देशैभरका शैक्षिक तथा स्वास्थ्य संस्था र सबै स्थानीय तहका कार्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट हुने

नरेश खड्का, दाङ,जेठ,२५- सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज […]

कतार च्यारिटी र समाज कल्याण परिषद बिच पाँचबर्षे एकिकृत परियोजनामा हस्ताक्षर

आलम खान नेपालगंज,जेष्ठ,२५- अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपाल बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारको सामाजिक संस्था,कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँचवर्षका लागि “एकिकृत विकास कार्यक्रम नेपाल”नामक परियोजनामा हस्ताक्षर गरिएको समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले बताउनु भयो […]

एक सय ७८ म्यादी प्रहरीको राजीनामा

 नरेश खडका, दाङ, जेठ,२५- रुकुममा एक सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि भर्ती भएकामध्ये एक सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजीनामा दिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रवक्ता प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । […]

शिवराज नगरपालिकामा २२ बषिर्य शिब कुमारी अर्की रञ्जुको नामले चिनिदै

अराज सिहं बेल्बासे, कपिलबस्तु, जेठ,२५- कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवार बनेकि शिव कुमारी थारु अहिले स्थानिय तहमा निकै चर्चामा आएकि छिन ।पहिलो चरणको स्थानियतहको चुनाबमा विवेकशिलको तर्फ बाट काठमाडौमा मेयरको पदमा उठेकि रञ्जु दर्शना जस्तै चर्चामा रहेकि छिन शिव कुमारी उनकोे भाषण कला र काम गर्ने शैलि देख्दा जो कोहिमा उर्जा […]

एमालेले कलाकारको सम्मान गर्न सकेन, त्यसैले स्वतन्त्र उम्मेदवार: थापा

रमित बि.क., बाजुरा,जेठ,२५- बाजुराका लोक देउडा गायक (कलाकार) लालबहादुर थापाले बुुढिगंगा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । कलाकार थापा बुधबार दिउँसो सदरमुकाम मार्तडीमा पत्रकार सममेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ् । विगत २०५४ साल देखि नेकपा एमालेको संगठित सदस्य भई काम गरें तर, एमालले आफुलाई कहिलै सहयोग नगरेको आरोप कलाकार […]

जनताले चाहेजस्तो नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हुनेछ :गृहमन्त्री शर्मा

काठमाडौँ,जेठ,२४- गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ । आज गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नुभयो – “तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका […]

नयाँ सरकारको पहिलो क्याबिनेट बैठकः के के परे प्राथमिकतामा

काठमाण्डाैं,जेठ,२४- प्रधानमन्त्री बनेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्री परिषदको बैठक बसेको छ । आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ । सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो । संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बताउनु भयो । सञ्चार मन्त्री […]