बाँके,पुस ५-आफ्नो गाँउ आफै बनाउ भन्ने उदेश्यका साथ बाँकेको नौवस्ता ८ जन्मटोलका स्थानियहरु आफ्नो गाउँको बाटो बनाउन आफै सक्रिय भएका छन् । चुनावमा भोट माग्ने बेला नेताहरुले बाटो, घाटो ,पुल, पुलेसा बनाइदिन्छौ भन्दै गाँउगाँउमा आश्वासन दिएर भोट माग्न आउने तर चुनाव सकिएको भोली देखी स्थानिय समस्यालाइ नेताहरुले वेवास्ता गर्ने गरेको भन्दै नौवस्ता ८ जन्मटोलका स्थानियहरु […]
समाचार
रोल्पामा हराएकामध्ये अधिकांश सम्पर्कविहिन
रोल्पा, पुस ५-रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताउनुभयो । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने तथा भागेर विवाह गरी परिवारलाई जानकारी नदिएका […]
नागरिक सहायता कक्षलाई ब्यवस्थित गरि सेवाग्राही मैत्री बनाउनु पर्ने सेवाग्राहीहरुको माग
बाँके,पुस ५-जिल्ला कृषि विकास कार्यालय बाँकेले संचालन गरेको नागरिक सहायता कक्षलाई ब्यवस्थित गरि सेवाग्राही मैत्री बनाउनु पर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना अन्तरगत जिल्ला कृषि विकास कार्यालयमा आज सम्पन्न गुनासो सुन्ने कार्यक्रम मोवाईल एलाक तथा हेल्पडेस्क कार्यक्रममा सेवालिन आएका सेवाग्राहीहरुले यस्तो बताएका हुन […]
स्वतन्त्र पत्रकारहरुको छाता संगठन पाल्पामा पनि गठन
पाल्पा,पुस ५-स्वतन्त्र पत्रकारहरूको छाता संगठन स्वतन्त्र पत्रकार संघ पाल्पाको गठन भएको छ । जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको पहिलो भेलाले भोजराज भट्टराईको संयोजक रहने गरी ११ सदस्यीय स्वतन्त्र पत्रकार संघ नेपालको, पाल्पा जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरूमा रामचन्द्र रायमाझी, दामोदर नेपाल, नवराज ज्ञवाली, प्रकाश न्यौपाने, अम्बिका पाण्डे, नवराज बस्याल, […]
पशुचौपाय ब्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता
बाँके,पुस ५-पछिल्लो समयमा नेपालगंज बजार देखिएको छाडा पशुचौपायाका कारण सडक दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै उचित ब्यवस्थापनको माग सहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका छन् । कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याक तर्फबाट अधिवक्ता सुनिता शर्मा र गणेशमान केसीका साथै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले संयुक्त निवेदन मार्फत छाडा […]
धमाधम धोका दिँदै पाइलट
काठमाडौं, पुस ५ – प्राविधिक तालिममा करोडौं खर्चिए काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुबिधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।पछिल्लो केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्डयन नियमविपरीत अग्रिम जानकारी बिनै जागिर छाडेर अन्य कम्पनीमा गएरपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्बद्ध वायुसेवाले नियामक निकाय गुहारेका […]
नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग
काठमाडौं, पुस ५- नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिएका छन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा नेपाली नम्बर प्लेटका ग्यास बुलेट खरीदमा दुई तिहाई सम्मको भन्सार छुट दिने घोषणा गरेको थियो ।तर भन्सारले प्राविधिक कारण देखाई छुट नदिएर प्रक्रिया अल्झाइरहेको भन्दै नेपाल एल पि ग्यास उद्योग संघले आपत्ति जनाएको छ ।संघले सोमबार पत्रकार सम्मेलन […]
जिल्ला अदालतद्धारा नापीका ११, मालपोतका २ कर्मचारीलाई तीन वर्ष कैद सजाय
बर्दिया,पुस ४-जिल्ला अदालत, बर्दियाले नापीका ११, मालपोत कार्यालयका दुई कर्मचारीलाई किर्ते गरेको अभियोगमा तीन वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका न्यायधिश लोकजंग शाहको एकल ईजलाशले उक्त सजाय तोकेको हो । यसै गरि सोही मुद्दामा मालपोतका कार्यालयका तात्कालिन नासुद्धय ईश्वरी प्रसाद दाहाल र प्रकाश चन्द्र बुढाथोकीलाई तीन वर्ष ५ महिना कैद सजाय गरेको छ […]
चामल ढुवानी सदरमुकाममा थन्किँदा कालीकोटका जनतालाई समस्या
कालीकोट,पुस ४-कालीकोट जिल्लामा गत वर्ष खडेरीका कारण बालीनाली नष्ट भएपछि जनतालाई खाद्यान्न सङ्कट पर्ने भन्दै दिएको चामल ढुवानी अभावमा सदरमुकाममा थन्किँदा स्थानीयवासीलाई समस्या भएको छ । सदरमुकाममा चामल छ गाउँमा भोकमरी भएको ढुवानी अनुदानमा चामल आउँछ भनेर जनतालाई काम गरेको कार्यसम्पन्न भइसक्दा पनि चामल नपाएपछि स्थानीयवासी आश्चर्यचकित परेका छन् । सदरमुकामभन्दा ग्रामीण क्षेत्रका खाद्य डिपोका […]
बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढ्दो
बाँके,पुस ४-बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७२–०७३ मा मात्र बाँकेमा ४ सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् । साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि कृषि तथा वन सम्बन्धि उद्योग दर्ता गराउनेको संख्या बढेको हो । कृषि ब्यवसाय बढाउन […]










