बाँकेका गाविस सचिवलाई कार्यालय नछोडन आग्रह

बाँके,पुस १२-जिल्ला विकास समिती कार्यालय बाँकेले गाँउ विकास समितिका सचिवहरुलाई आफुखुशी कार्यालय छोडेर बाहिर जाने कार्य नगर्न सचेत गराएको छ । बाँकेका स्थानीय विकास अधिारी हरी प्याकुरेलले गाविस सचिवलाई सकभर गाविस कार्यालयमा बसेर सेवाग्राहीलाई सेवा दिन निर्देशन दिइएको बताउनुभयो । अनुमती लिएर मात्रै कार्यालयबाट बाहिर जान निर्देशन दिएका छौं । स्थानीय विकास अधिारी प्याकुरेलले भन्नुभयो […]

गरीव किसानमुखी कृषि लक्षित कार्यक्रम तजुमा गर्न सहभागीको जोड

मधु पौडेल बाँके,पुष ११ –खाद्य सुरक्षा तथा अधिकारको प्रत्यभुतिको लागि गाविस ले किसानको लागि विनियोजित गर्ने वजेटको लेखा जोखा कार्यक्रम सोमबार  फत्तेपुरमा सम्पन्न भएको  थियो ।कृषक महासंघको आयोजन तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रम  बाढि पिडित गाविसको रुपमा रहेको फत्तेपुरमा सम्पन्न गरीएको थियो । कार्यक्रम साना तथा गरीव किसानमुखी […]

मुस्लिम समुदायद्धारा कारागारका कैदीहरुलाई २ सय कम्मल वितरण

बाँके,पुष ११ – जिल्ला कारागार बाँकेमा रहेका कैदीहरूले ओढ्ने ओछ्याउने कपडाको अभावमा चिसोमै रात काट्न बाध्य भएको गुनासो गरे पछि आज मुस्लिमहरुले एक कार्यक्रमका बिच कम्मल हस्तान्त्रण गरेका छन् ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुन हल्वाईको पहलमा नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढले अतिविपन्न कैदीबन्दीका लागि २ सय कम्मल […]

दाङमा स्थानीयवासीद्धारा रकम सङ्कलन गरेर बाटो निर्माण

दाङ ,पुस ११-  दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्थानीयवासीले रकम सङ्कलन गरेर स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले जानकारी दिनुभयो ।मूल सडकदेखि केही टाढा […]

झोरा बनको अध्यक्षमा मरियम निर्वाचित,बैज्ञानिक पद्धति अनुसार नमूना बन बनाएर देखाउने अध्यक्षको दाबी

बाँके,पुष ११ – बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ ९७२ मत प्राप्त गरी आफनो प्रतिद्धन्दी रबिना खातुन लाई २५ मतको अन्तरले हराउदै निर्वा्चित हुनु भएको छ ।तेस्रो साधारण सभामा सर्वसम्मती हुन नसके पछि शनिबार निर्वाचन भएको थियो । जिल्ला बन कार्यालयका सहायक बन अधिकृत अनिरुद्ध्र यादवको नेतृत्वमा रहेको निर्वाचन […]

आज बाँके प्याब्सनको १३ औं अधिवेशन हुदैं

बाँके,पुस ११- केद्रिय अध्यक्ष लक्ष्य बहादुर केसी उपाध्यक्ष निर्मल उपाध्याय महासचिव डिके ढुँगाना सहितको ठुलो टोली नेपालगंज आईपुको छ । यो आगमनले पनि बाँके प्यब्सन प्रतीको आर्कषण र महत्व प्रष्ट पार्छ । केन्द्रिय पदाधिकारीहरुसंगै रहेका इश्वर पोखरेलले भन्नुभयो हामी सर्वसम्मत र सक्षम नेतृत्व चयनका लागि पहल गरिरहेका छौं । अध्यक्ष जिसीले दाबेदारहरु बीच आपसी समझदारीबाट […]

प्रदेश टुक्राउने कदम प्रतिको विरोध चन्द्रौटा मा बिरोध तथा सपथ ग्रहण सम्पन्न

अराज सिंह बेल्वासे चन्दौटा,पुस १०-चन्दौटामा चन्दौटाबासी हरुले पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन । कपिलबस्तुमा  पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संविधान सम्सोधन प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु समेत भैरहेका छन । सरकारले संसदमा दर्ता […]

सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा हिमपातले जनजीवन प्रभावित

बाजुरा,पुस १०-सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको  हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् । हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन् । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, […]

कैलालीमा गौहत्या गरिएको विरोधस्वरुप बन्दले जनजीवन कष्टकर

इन्द्र कार्की कैलाली,पुस १०-कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा पौष ५ गते  गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन […]

चुन ढुंगा उत्खनन बन्द गर्न युवा मञ्चको वैठक

जंंग रेउले घोराही,पुस १० -दाङको लुहारपानी गाविस वडा नं.९ बचेनीमा संघर्षशिल युवा मञ्चको बैठक बसेको छ । मञ्चको शनीबार वसेको वैठकमा खमारी र बचेनी बिचमा रहेको चुन ढुंगा खानी बन्द गर्न निर्णय गरेको हो । गाउँका केही जान्ने बुझ्ने व्यक्तिले आफू खुसी सहमती गरेर खानी उत्खनन गर्न सहमती गरेको भन्दै उक्त कार्य तत्काल बन्द गराउँने […]