गौ हत्याको विरोधमा मध्यपश्चिमका जिल्लामा बन्द ,दाङमा ५ जना पक्राउ

बाँके,पुस १२-‘गौ’ हत्याको विरोध गर्दै हिन्दू जागरण युवा संघ नेपाल लगायतका हिन्दूवादी संघसंस्थाले आज मध्यपश्चिमका जिल्लामा बन्द आह्वान गरेका छन् । बन्दको प्रभाव बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा परेको छ । बन्दले नेपालगंजका बजारमा प्रभाव नपरेपनि कोहलपुरमा भने बन्दको प्रभाव परेको छ । कोहलपुर र अन्य जिल्लाका शिक्षण संस्था, कलकारखाना, उद्योग, व्यापार ठप्प भएका छन् […]

एक बर्षभित्र युएईमा ६४ जना नेपालीले ज्यान गुमाए

लाल बहादुर ढेंगा, दुबई,युएई,पुस १२-वैदेशिक रोजगारीका लागि युएई पुगेका ६४ नेपालीले ज्यान गुमाएका छन् ।  नेपाली रोजगार दाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, […]

सरकारै पिच्छे विद्यालयहरुमा अंकुश,निजी विद्यालय आन्दोलनको मुडमा

बाँके,पुस १२-सरकारै पिच्छे संस्थागत विद्यालयहरुलाई अंकुश लगाएर हतोत्साहि बनाउने काम गरेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको चेतावनी दिनुभएको छ । सोमबार प्याब्सन बाँकेको अधिवेशन उद्घाटनमा आएका केन्द्रिय पदाधीकारी विभिन्न जिल्लाका नेतृत्वले सरकारले निजी विद्यालय चलाउनै नसक्ने गरी अंकुश थोपर्दै आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारसंग डायलगबाटै समस्या समाधान होस् भन्नेमा छौं । प्याब्सनका केन्द्रिय अध्यक्ष […]

बाँकेका गाविस सचिवलाई कार्यालय नछोडन आग्रह

बाँके,पुस १२-जिल्ला विकास समिती कार्यालय बाँकेले गाँउ विकास समितिका सचिवहरुलाई आफुखुशी कार्यालय छोडेर बाहिर जाने कार्य नगर्न सचेत गराएको छ । बाँकेका स्थानीय विकास अधिारी हरी प्याकुरेलले गाविस सचिवलाई सकभर गाविस कार्यालयमा बसेर सेवाग्राहीलाई सेवा दिन निर्देशन दिइएको बताउनुभयो । अनुमती लिएर मात्रै कार्यालयबाट बाहिर जान निर्देशन दिएका छौं । स्थानीय विकास अधिारी प्याकुरेलले भन्नुभयो […]

गरीव किसानमुखी कृषि लक्षित कार्यक्रम तजुमा गर्न सहभागीको जोड

मधु पौडेल बाँके,पुष ११ –खाद्य सुरक्षा तथा अधिकारको प्रत्यभुतिको लागि गाविस ले किसानको लागि विनियोजित गर्ने वजेटको लेखा जोखा कार्यक्रम सोमबार  फत्तेपुरमा सम्पन्न भएको  थियो ।कृषक महासंघको आयोजन तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रम  बाढि पिडित गाविसको रुपमा रहेको फत्तेपुरमा सम्पन्न गरीएको थियो । कार्यक्रम साना तथा गरीव किसानमुखी […]

मुस्लिम समुदायद्धारा कारागारका कैदीहरुलाई २ सय कम्मल वितरण

बाँके,पुष ११ – जिल्ला कारागार बाँकेमा रहेका कैदीहरूले ओढ्ने ओछ्याउने कपडाको अभावमा चिसोमै रात काट्न बाध्य भएको गुनासो गरे पछि आज मुस्लिमहरुले एक कार्यक्रमका बिच कम्मल हस्तान्त्रण गरेका छन् ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुन हल्वाईको पहलमा नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढले अतिविपन्न कैदीबन्दीका लागि २ सय कम्मल […]

दाङमा स्थानीयवासीद्धारा रकम सङ्कलन गरेर बाटो निर्माण

दाङ ,पुस ११-  दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्थानीयवासीले रकम सङ्कलन गरेर स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले जानकारी दिनुभयो ।मूल सडकदेखि केही टाढा […]

झोरा बनको अध्यक्षमा मरियम निर्वाचित,बैज्ञानिक पद्धति अनुसार नमूना बन बनाएर देखाउने अध्यक्षको दाबी

बाँके,पुष ११ – बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ ९७२ मत प्राप्त गरी आफनो प्रतिद्धन्दी रबिना खातुन लाई २५ मतको अन्तरले हराउदै निर्वा्चित हुनु भएको छ ।तेस्रो साधारण सभामा सर्वसम्मती हुन नसके पछि शनिबार निर्वाचन भएको थियो । जिल्ला बन कार्यालयका सहायक बन अधिकृत अनिरुद्ध्र यादवको नेतृत्वमा रहेको निर्वाचन […]

आज बाँके प्याब्सनको १३ औं अधिवेशन हुदैं

बाँके,पुस ११- केद्रिय अध्यक्ष लक्ष्य बहादुर केसी उपाध्यक्ष निर्मल उपाध्याय महासचिव डिके ढुँगाना सहितको ठुलो टोली नेपालगंज आईपुको छ । यो आगमनले पनि बाँके प्यब्सन प्रतीको आर्कषण र महत्व प्रष्ट पार्छ । केन्द्रिय पदाधिकारीहरुसंगै रहेका इश्वर पोखरेलले भन्नुभयो हामी सर्वसम्मत र सक्षम नेतृत्व चयनका लागि पहल गरिरहेका छौं । अध्यक्ष जिसीले दाबेदारहरु बीच आपसी समझदारीबाट […]

प्रदेश टुक्राउने कदम प्रतिको विरोध चन्द्रौटा मा बिरोध तथा सपथ ग्रहण सम्पन्न

अराज सिंह बेल्वासे चन्दौटा,पुस १०-चन्दौटामा चन्दौटाबासी हरुले पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन । कपिलबस्तुमा  पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संविधान सम्सोधन प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु समेत भैरहेका छन । सरकारले संसदमा दर्ता […]