दाङमा यातायात, बजार, कलकारखाना बन्द,शैक्षिक संस्था भने खुले

दाङ, पुस ३- सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण दाङ जिल्लमा आज पनि यातायात, बजार, कलकारखाना भने बन्द रहेका छन् । तर  शैक्षिक संस्था भने  बिहानैदेखि खुलेका छन् । बन्दकर्ताले शैक्षिक संस्था खुल्न दिने भनेपछि शैक्षिक संस्था खुलेका हुन् । सरकारले संसदमा दर्ता गराएको पाँच नम्बर प्रदेश सीमाङ्कन […]

अन्तर्राष्ट्रिय आप्रवासन दिवसःनेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, पुस ३ – आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस  नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आइतबार विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो ।सोही दिनको सम्झनामा हरेक […]

शौचालय नभए पनि स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट बञ्चीन नगर्न उच्च अदालतको आदेश

बाँके ,पुस ३ –शौचालय नभएकै कारण स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट सर्वसाधारणहरुलाई बञ्चित नगर्न उच्च अदालत तुलसिपुर,नेपालगंज इजलासले परमादेश आदेश जारी गरेको छ । महिला कानुन र विकास मञ्च तथा आईएचआरसी बाँकेको सहकार्यमा जेष्ठ नागरिक जगदिश प्रसाद तिवारीले जिल्ला विकास समिति गत असार २२ गते मुद्दा दायर गरेका थिए । उक्त रिटका सुनुवाई गर्दै उच्च […]

सर्वसाधारण भन्छ्न दादा गिरी सैलीमा बन्द गर्दै हिड्ने शैली ठिक भएन

सन्तोष राज पौडेल बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण बाँकेको जनजिवन थप कष्टकर बन्दै गएको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले कोहलपुरका बजारमा आजपनि बन्दको प्रभाव परेको हो । कोहलपुरमा हिड्ने सर्वसाधारणले  भने बन्दकर्ता आज […]

आगलागी पीडित ११ घरधुरीलाई नेपाली सेनाद्धारा राहत सामग्री वितरण

मुगु,पुस २-मुगुस्थित खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा गत महिनाको २० गते दिउँसो आगलागी हुँदा पीडित  ११ घरधुरीलाई आज  नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्टिय निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पिडित परिवारलाई आज प्रत्येक घरधुरीलाई ६४ हजार रुपियाँ बराबरको मन्डी कम्बल,विस्कुट,चाउचाउ लगायतका राहत सामग्रीहरु वितरण गरेको नेपाली सेनाका […]

बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा

बैतडी,पुस २-बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा भएको छ  । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले तय गरेका बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने आवश्यक ३९ वटा सूचकहरु पूरा गरिसकेपछि गाविसलाई बालमैत्री घोषणा गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह बिष्टले बताउनुभयो । यसअघि गएको कात्तिक महिनामा  संघीय मामिला तथा स्थानीय […]

पत्रकार महासंघको तालाबन्दी १२ औं दिन पनि जारी

बाँके, पुस २-नेपाल पत्रकार महासंघ बाँकेको कार्यालयमा लगाइएको तालाबन्दी १२ औं दिन आज सम्म पनि जारी छ । ताला खुलाउन महासंघ नेतृत्वले अहिलेसम्म पनि पहल गरेको छैन । महासंघको नेतृत्वले विधी र प्रक्रिया नपु¥याई एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन बाँकेले गत २० गते ताला लगाएको थियो । ताला लगाएको करिव […]

प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरु

मधुपौडेल , नेपालगंज पुस १-युनडिपिको सहकार्य र वागेश्वरी असलशासन क्लव को आयोजनामा तिन दिने प्रशंसनीय दृष्टिकोण विषयक तालिम नेपालगंजमा आज बाट शुरु भएको छ ।सकारात्मक सोचका अभियान्त बुद्धि तामाङले गरीरहेको प्रशिक्षण तालिममा गैससका कार्यरत ३३ जना सहभागिता रहेको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिमको पहिलो दिन ब्यक्ति र समाज रुपान्तरणका लागि कसरी सोच […]

डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै

डडेल्धुरा, पुस १-  डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।कम उमेरमा विवाह गर्ने, वैदेशिक रोजगारी, गोप्य बहुविवाह, पारिवारिक समस्या, घरेलु हिंसा, प्रविधिको गलत प्रयोगलगायतका कारण डडेल्धुरामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएका हुन् ।जिल्ला अदालतमा यस्ता धेरै विवाद पुग्ने गरेका छन् । डडेल्धुरा जिल्ला अदालतको तथ्यांकअनुसार मंसिर मसान्तसम्म अदालतमा दर्ता भएका ६७ मुद्दामध्ये […]

नेपालगंजमा केहिदिनदेखि बढेको चिसोको कारण जनजिवन प्रभावित

बाँके,पौष १-बाँके लगायत तराईका विभिन्न जिल्लामा केहिदेनदेखि शुरु भएको चिसोका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । घट्दो तापक्रम र हुस्सुका कारण जनजीवन प्रभावित बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार नेपालगंजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको थियो । जुम्लामा पनि दैनिक जसो […]