आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने

काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]

नाम मात्र को दैलेख महोत्सव ? पर्यटनको नाममा व्यापार ?

दैलेख,चैत्र,१- महोत्सव भनेपछि केहि नयाँ पन दिनु आयोजकको दायित्व हो तर दैलेखमा यसको ठिक उल्टो भएको छ । दैलेख जिल्ला एक ऐतिहासीक तथा पर्यटकीय जिल्ला हो तर दैलेख महोत्सवमा यसको कुनै कुरा झल्किएको छैन् । विगतका वर्ष झै यसपटक पनि कुनै नयाँ पन देखिएन । स्टलहरुमा त्यहि कपडा,भाडाकुडा, होटल हरुका स्टल मात्र रहेका छन् । […]

बिहानी एफसिका खेलाडी टिम क्याप्टेन राज र बिजयको बिदाई

फुरुओका,जापान,फाल्गुन,२६- जापानको फुकुओकामा सन् २०१८ मा स्थापित भएको बिहानी एफ सी ले आज आईतबार आफ्नो दुई होनहार खेलाडीहरुलाई बिदाई गरेको छ । क्लवको स्थापनाको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई क्लवमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुबै जना खेलाडीहरु टिम क्याप्टेन राज बोहरा र मिड फिल्डर बिजय गुरुङ लाई सामुहिक रुपमा क्लवले बिदाई गरेको हो । बिहानी […]

२१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने

नेपालगञ्ज,फाल्गुन,२५- काम गर्ने सोंच बनाएका २१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती युवाहरुले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले केही न केही व्यापार व्यवासय गर्ने नेपालगञ्जमा संचालित पाँच दिने लघु उद्यम बिकास तालिमको शनिबार समापनका क्रममा यस्तोप्रतिबद्धता जनाएका हुन । काम नपाएर आर्थिक रुपमा […]

नारी दिवसमा नरैनापुरमा विभिन्न कार्यक्रम गरियो

नरैनापुर) बाँके, फागुन, २४- १०९औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकामा र्याली निकालिएको छ । दिवसकै अवसरमा दुई जना महिला कृषकलाई सम्मान गर्नुका साथै कुर्सी दौड र घैंटो फोड प्रतियोगिता पनि गरिएको छ । गाउँपालिका अन्तर्गत्को महिला तथा बालबालिका शाखा, सुआहारा कार्यक्रम, रुसुफ नेपाल र स्याक नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कुर्सी […]

नरैनापुरमा रुसुफको शाखा कार्यालय

नरैनापुर, फागुन ,२०- ग्रामीण समाज उत्थान मंच-रुसुफ नेपाल नेपालगन्जले बाँकेको नरैनापुरमा शाखा कार्यालय स्थापना गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा स्थापना गरिएको कार्यालयको आज गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गर्नुभयो । शाखा उद्घाटन गर्दै अध्यक्ष शाहले नरैनापुरलाई औंठाछाप मुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दल […]

शैलेन्द्र र आशाको वियोगान्त गित : निष्ठुरी सार्बजनीक

काठमाण्डौं,फाल्गुन,२०- नेपाली गित संगितमा अनवरत्न रुपमा लागीरहेका दैलेखका गायक गायीका शैलेन्द्र र आशाले विल्कुलै नयाँ वियोगान्त गित “निष्ठुरी” बोलको गित सार्बजनीक गरेका छन् । गित सार्बजनीक गेरपछि गायक गायीका द्वयले बिहानी अनलाईलाई जानकारी दिए अनुसार उक्त “निष्ठुरी” बोलको गितमा माया पिरती पछि विभिन्न कारणले बिछोडीनु परेको व्यथाका कुराहरुलाई अत्यन्तै मार्मीक तरिकाले गितको भिडीयो मार्फत प्रस्तुत गरिएकोले […]

बिदेशी युवाको हातबाट कान्छा अभियन्ता केपि ग्रीन स्टारले सम्मानित

काठमाण्डौं,फाल्गुन,२०- पछिल्लो समय देश तथा बिदेशमा बस्ने नेपालीहरुलाई आफ्नो सानै उमेरमाबाट आफ्नो कामले प्रभावित पार्न सफल देशका कान्छा सामाजिक अभियान्ताको नामले चर्चित केपि खनाल पछिल्लो समय बिदेशको भ्रमण सङगै बिदेशी संघ संस्थाबाट सम्मान पाउने काम जारी छ । यसै बिचमा फाल्गुन १९ गते आईतबार इंगल्याण्डबाट आएको एक इन्जिनियर को संस्थाले उनलाइ ग्रीन स्टार नेपाल अवार्डको […]

पश्चिमेली एकता समाज सञ्जाल गठन

नेपालगन्ज, फाल्गुन,१८- पश्चिम नेपालका विभिन्न जिल्लाबाट बाँकेमा आएर बसोवास गर्नेहरुले शनिबार पश्चिमेली एकता समाज सञ्जाल गठन गरेका छन् । विभिन्न जिल्लागत रुपमा संगठित भएकाहरुले कर्णाली एकता समाजका नर बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय सञ्जाल गठन गरेका हुन् । जसको उपाध्यक्षमा अछामी सेवा समाजबाट टेक बहादुर खड्का, दैलेखी एकता समाजका भरत बहादुर कडायत महासचिव, सिमताली एकता […]

इन्स्पाइरिङ्ग युथमा सडक बालबालिकाको विषयमा बहस

नेपालगञ्ज, फागुन,१८- बासले गर्दै आएको इन्स्पाइरिङ्ग युथको १२५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ । नेपालगञ्जमा आज गरिएको प्यानल छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भिमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउनुका साथै सडक बालबालिकाको […]