ताप्लेजुङ,फाल्गुन,१५- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड […]
समाज
आज मगर दिवस : देश विदेशमा एकै साथ मनाईदै
काठमाण्डौं,फाल्गुन,१५- आज मगर दिवस देश तथा विदेशमा एकै साथ धुमधामका साथ मनाईदै छ । फागुन १५ गतेलाई आदिबासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनितिक चाडको रुपमा मनाउने गर्दछन् । विश्व भरिका सम्पुर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पुर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल […]
बाँकेका युवाहरुलाई जीवन उपयोगी सीप प्रदान
नेपालगंज,फागुन,१२- बाँकेको बिभिन्न क्षेत्रका युवाहरुलाई नेपालगञ्जमा जीवन उपयोगी सीप प्रदान गरिएको छ । बिभिन्न वडाका युवाहरुलाई सहभागि गराई नेपालगञ्जमा चार दिने तालिममार्फत जीवन उपयोगी सिप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले युवा शशक्तिकरण बुलगारी परियोजना अन्र्तगत गरिएको कार्यक्रम बेरोजगारी समस्या समाधान गर्न तथा खाली बसेका युवाहरुलाई उद्यम गर्ने […]
बुद्दिमानका लागि सुप्रनाले बुझाइन संकलित रकम
नेपालगन्ज,फाल्गुन,१२- कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुँवरका लागि आइतबार थप आर्थिक सहयोग प्राप्त भएको छ। विभिन्न देशहरुमा रहेका नेपालीहरु संग पहल गरि संकलन गरेको रकम महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा तथा बुद्धिमान सहयोग अभियानकी अभियानकर्ता सुप्रना मल्ले आइतबार पत्रकार तथा […]
बलात्कार पछि बालिकाको हत्या
सुर्खेत,फाल्गुन,११– सुर्खेतको सिम्ता गाउपालिका ४ नाडगाउकी १६ बर्षिय बालिका रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । उनी २०७५/११/९ गते बेलुका घरमा नआए पछि खोजी कार्य भएको थियो । १० गते शुक्रबार बिहान ७ बजे घर देखि करिब ४ सय मिटर नजिकको बारिमा बलात्कार गरि उनकै सलले रुखमा झुन्डाएर हत्या गरि भुइमा फालिएको अवस्थामा फेला […]
मृगौला रोग सम्वन्धी वृहत् अन्तरक्रिया नेपालगन्जमा सम्पन्न
नेपालगन्ज,फागुन,११- बाँकेको नेपालगन्जमा मृगौला कसरी बचाउने, कस्ताकस्ता खानेकुराहरु खाने, कसरी मृगौला रोग लागेको छ भनेर पत्ता लगाउने लगाएत विविध विषयमा आज सेमिनार तथा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको होटल सिद्धार्थ हस्पिटालिटी एण्ड पार्टी प्यालेसको हलमा बिहान १० बजे देखि ११:४५ बजे सम्म छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । काठमाण्डौं बाट नेशनल […]
एनसेलका छुट्टाछुट्टै टावरमा आगजनी : नख्खु बम बिस्फोटमा परी एक जनाको मृत्यु
काठमाडौं,फागुन,११- गएराति छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै कास्की,रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी […]
सुविधा सम्पन्न सहित जे.एस बोडिङ्ग स्कुल नेपालगन्जको कोरियनपुरमा सन्चालन
नेपालगन्ज,फागुन,१०- बाँके जिल्लाको जानकी गाउँ पालिमा वडा नं ३ कोरियनपुरमा सुविधा सम्पन्न रुपमा जे.एस बोर्डिङ स्कुल नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ संग जोडिएको जानकी गाउँ पालिका वडा नं ३ मा बिद्यार्थीहरुका लागि सुविधा सम्पन स्कुल सञ्चालनमा ल्याएको नयाँ व्यवस्थापनका प्रिन्सिपल सहेन्द्र चौधरीले बताए । हाल उक्ति स्कुलमा मोन्टेश्वरी […]
बि गाउँमा तोकियो खजुरा गाउँपालिका केन्द्र
नेपालगन्ज, फाल्गुन,८- खजुरा गाउँपालिकाको चौथो गाउँसभाले खजुरा गाउँपालिकाको केन्द्रको टुंगो लगाएको छ ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा आज बुधवार बसेको गाउँपालिकाको चौथो सभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो । वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने गरी दुईतिहाई सदस्यले सभाबाट पारित गरेका हुन् […]
बाँकेमा पनि धुमधामका साथ मनाईयो प्रजातन्त्र दिवस
नेपालगन्ज , फागुन, ७ देशभर आज ६९ अौं प्रजातन्त्र दिवस सव्य तरिकाले मनाईएको छ। देशभर मनाउने क्रममा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी भव्य अनि सव्य तरिकाले मनाइयो। आजै मुल समारोह समितिको अायोजनामा निर्वाचन स्थापना दिवस पनि मनाइएको छ। नेपालगन्जमा ६९ औं प्रजातन्त्र दिवसका अवसरमा निजामती कर्मचारी, बिद्यार्थी ,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरि,नेपाली सेनाको उपस्थिति रहेको […]



