कैलाली,चैत,१९- आईतबार आएको हावाहुरीबाट ज्यान गुमाएका परिवार र विस्थापित भएकाहरुको सहयोगको लागी सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश २ को बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । घोषणा […]
समाज
कङ्के देउराली नि.मा.वी को २०७५ सालको नतिजा प्रकाशित
गुल्मी ,चैत्र,१९- श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा हिजो एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ। उक्त बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँकार्यपालिका उपाध्यक्ष सरिता खड्काले गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथिहरुमा मदाने […]
प्रधानमन्त्री ओली हावाहुरीबाट प्रभावित जिल्ला जाँदै
काठमाण्डौं,चैत्र,१८- प्रधानमन्त्री केपी शर्मा ओली बारा जान लाग्नु भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीले प्रभावित पारे पछि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला झापामा हुने सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार उहाँले झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान […]
हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
काठमाण्डौं,चैत्र,१८- प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ। आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै […]
उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई सभापती देउवाको निर्देशन
काठमाडौं,चैत,१८- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उहाँले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो । आजबिहान बिहान ट्वीट गर्दै देउवाले […]
बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते
बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]
जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न
नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]
उडान नेपालले गर्यो नेपालगन्जमा प्रतिभा अभिमुखिकरण कार्यक्रम
नेपालगन्ज,चैत्र,१६- सामाजिक कार्य गर्ने मुख्य उद्देश्यको साथ कोहलपुरमा स्थापना भएको उडान नेपाल संस्थाको आयोजनमा नेपालगन्जमा अबस्थित सिएस ई एजुकेसनको हलमा प्रतिभा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा हाम्रो उद्देश्य’ भन्ने मुख्य उद्देश्यका साथ सन्चालन गरिएको कार्यक्रममा विभिन्न बिधाहरुलाई नेतृत्व गरि १६ जनाले आफ्नो प्रतिभा राखेका थिए। सहभागी १६ जना मध्ये कविता […]
अधिवक्ता कोषराज काफ्लेको निधन
काठमाडौं,चैत्र,१६- निरन्तर उत्पीडित शिक्षकवर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि […]
राष्ट्रिय सौन्दर्य युनियनकर्मी नेपालको ११औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम सम्पन्न
नेपालगंज,चैत्र,७- प्रदेश नं ५ अन्तर्गत बाँकेको नेपालगन्जमा राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपालको ११ औँ स्थापना दिवस तथा होलि मिलन कार्यक्रम अाज सम्पन्न भएको छ ।नेपालगन्जको सेतु बि-क- चोकमा रहेको गुड न्यु अाई-टि-सी- ट्रेनिङ सेन्टर एण्ड ब्युटिपार्लरमा भएको स्थापना दिवसमा थुप्रै सौन्दर्यकर्मी र अन्य ट्रेड युनियनका नेताहरुको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रमको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका जिफन्ट […]



