स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै आफन्त पक्ष निरन्तर आन्दोलनमा

नेपालगन्ज,बैशाख,०३- नयाँ वर्षको दिन नेपालगन्ज -१० भृकुटीनगर निवासी १९ वर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्युको विषयलाई लिएर मृतक पक्षधरहरु मंगलबार पनि आन्दोलनमा उत्रिएका छन।   राँझामा रहेका पिडित माइती पक्षरुले प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीलाई कानुनी कारबाही गर्न दबाब दिदै कारबाही नगरिए सशक्त कदम चाल्ने चेतावनी पनि दिएका छन् । निष्पक्ष छानबिन गरी दोषीलाई […]

शिक्षक संघको प्रतिनिधिसभाको सम्पूर्ण तयारी पुरा, बुधवार कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं,चैत्र,२७- नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा भोलि देखि शुरु हुने भएको छ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने संघले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतिनिधि […]

गोकुल सामुदायिक वन समूहको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

बाँके,चैत्र,२७- बाँकेको डुडुवा गाउँपालिका वडा नं.३,४ र ५ स्थित गोकुल सामुदायिक वन समूहको बुधबार पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण सम्पन्न भएको छ । डुडुवां–५, तपसीबाबामा रहेको संस्थाको कार्यालयमा बुधबार एक समारोहबीच पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण गरिएको हो । कार्यक्रमको उदघाटनमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा यहाँको […]

ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम कोहलपुरमा सम्पन्न

नेपालगन्ज,चैत्र,२७- ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम बुधबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय बाके,कोहलपुर नगरपालिका तथा कोहलपुर स्थित प्रगतिसिल महिला समुहको संयुक्त अायोजनामा उक्त ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न ठाउँमा सडकनाटक तथा गहनापुर,मदनचौक,बानियाभार,कोहलपुर चौराहा र रोहिनि खोलामा ट्राफिक सचेतनामुलक ट्राफिक होलिङ बोर्ड गाडिएको छ। साथै कार्यक्रममा ९० जना ई रिक्सा चालकहरुलाई […]

सेकुवाको स्वाद चखाउन नेपालगन्जीया आतुर

नेपालगन्ज,चैत्र,२५- नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । […]

झोलामा सीमित नाङ्लेभारे सिकाइ केन्द्रले पायो पक्की भवन

काठमाण्डौं,चैत्र,२५- ग्लोवल एक्सन नेपाल(ज्ञान)को सहयोगमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्र शंखरापुर पक्की भवन पाएको छ । आइतबार ज्ञानका बोर्ड सदस्य सुवर्ण कर्माचार्यले भव्य समारोहकाबीच नवनिर्मित भवन सिकाइ केन्द्रलाई हस्तान्तरण गरेका हुन् । केहीवर्ष अघिसम्म दर्ता भएर पनि झोलामा सीमित सिकाइ केन्द्रले नयाँ भवन पाएसँगै स्थानीयहरु हौसिएको छ । आइतवार नै शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठबाट नवनिर्मित […]

एनएमसिका स.क्याम्पस प्रमुख तथा युवा समाजसेवी केसीद्वारा आर्थिक सहयोग

नेपालगन्ज ,चैत्र,२३- युवा समाजसेवी तथा नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)का सहायक क्याम्पस प्रमुख थमनकेसीले बुद्धिमान कुँवरको छोराको शैक्षिक बिकासको लागि भन्दै आर्थिक सहयोग गरेका छन। नेपालगन्ज वडा नम्बर ४ निवासी केसीले शुक्रबार आफ्ना पिता इन्द्रबहादुर केसीको २० औँ स्मृति दिवस तथा छोरी इभा केसीको ५ औँ र भान्जि प्रशंसा डाँगीको १८ औं जन्म उत्सव पारेर बाँके बैजानाथ […]

जापानमा साकुरा फूलको लोकप्रियता

जापान,चैत्र,२३- साकुरा जापानको अति लोकप्रिय फूल हो । जसलाई राजकाजमा प्रयोग हुने फूलका रूपमा चित्रण गरिएको छ । फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। फूल जंगल, बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ। […]

नेपालगन्जमा एक महिने हाते कढाई तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२२- एक महिने हाते कढाई तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ। टच नेपालको आयोजनमा सन्चालन भएको उक्त तालिम शुक्रबार समापन भएको हो। तालिममा सहभागी १० जनालाई प्रमाणपत्र बितरण गर्दै वडा नम्बर १३ का अध्यक्ष डाँगीले भने,”महिलाहरुको आय आर्जनको रुपमा यस तालिमले निकै नै महत्वपूर्ण भुमिका खेल्ने छ। साथै सिकेको सिपलाई हामीले व्यवहारमा उतार्न सक्यौं भने […]

शनि संकटा मन्दिर निर्माणका लागि नेपालगन्ज १२ मा उपभोक्ता समिती गठन

नेपालगन्ज,चैत्र,१९- नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२ स्थित चिल्ड्रेन पार्क नजिक रहेको शनि संकटा मन्दिर निर्माण गर्नको लागि मंगलबार उपभोक्ता समिती गठम गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्दी सागर सुवेदिको अध्यक्षतामा मंगलबार वडा १२ अगुवा बुद्धिजीवीहरुको भेलाले समितिको अध्यक्षमा नारायण प्रसाद शर्मालाई चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा टंकनाथ पौडेल ,सचिवमा हरिबाबु […]