भेरी अञ्चल अस्पतालका मेसुमा डा.अधिकारी नियुक्त

नेपालगन्ज,अशोज,८- भेरी अञ्चल अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा सर्जन डा.रुपानन्द अधिकारी नियुक्ति हुनु भएको छ ।उक्त अस्पतालमा करिब ४ महिना पहिला अर्थोपेडिक सर्जन डा- प्रकाश थापालाई सरकारले नियुक्ति गरेको थियो । छोटो समयमा पनि अस्पताल सुधारका लागि राम्रो काम गरेका डा- थापाको चौतर्फी प्रशंसा गर्ने गरिएको पाईन्छ । नव नियुक्त डा- रुपानन्द अधिकारी पनि अञ्चल अस्पतालमा […]

डा.सुनिल शर्माद्वारा बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान

 विराटनगर,असोज,२- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न […]

विद्यार्थी परिषदद्वारा निशुल्क कम्प्युटर प्रशिक्षण

काठमाडौं,असोज,२- प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण अाज एक कार्यक्रमका बिच उद्वघाट्न गरीएकाे छ । गोकणेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर प्रशिक्षछकाे सूरूवात गरीएकाे हो । उक्त कार्यक्रम गाेकणेश्वर नगर समितिका नगर सचिव रोहित […]

संविधान दिवसका दिन साइकल यात्रा गरिने

नेपालगंज,असोज,२- नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गर्ने भएको छ।क्लबका सदस्य एबम कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बुधबार बिहान ७ बजे धम्बोजिचोक बाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ। नाताबाद, पार्टी वाद पद प्रतिस्ठा भन्दा देशको संविधान र कानुन माथी रहेको हुँदा संविधान र कानुन भित्र […]

परिवार नियोजन दिवसः साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा

काठमाडौ,असोज,२- ‘किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । परिवार कल्याण महाशाखाले आज काठमाडौंमा गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्तिले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानकारी दिइएको छ । तीमध्ये ४१ प्रतिशतले आधुनिक परिवार नियोजकको साधन प्रयोग गर्ने र १० […]

नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार

विराटनगर,भदौ,३१- नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ […]

मोलुङ गाउँपालिकामा पम्पिङ प्रणालीबाट घरघरै धारा पुग्यो

ओखलढुंगा,भाद्र,३०- ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नं. २ स्थित लामीडाँडामा पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सञ्चालन भएपछि घरघरै खानेपानी पुगेको छ । खानेपानीको मुहान गाउँमा नभएपछि एक किलोमिटर तलबाट पम्पिङ प्रणाली जडान गरि खानेपानी वितरण गरिएको हो । यस अघि यहाँ खानेपानीको चरम समस्या थियो । अहिले घरघरै खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । खानेपानी अहिले […]

बासको १५ अौं साधारणसभा भव्य रुपमा सम्पन्न

नेपालगन्ज,भाद्र,३०- बागेश्वरी असल शासन क्लब बासले अाफनो १५ अौं साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम अाज सम्पन्न गरेको छ ।नेपालगन्जको बिनायक गेष्ट हाउसमा बिहान ११ बजे देखि बासको वार्षिक साधारणसभा शुरु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बागेश्वरी असल शासन क्लबले समाजमा जनचेतनामूलक , भ्रष्टाचार न्युनीकरण, खबरदारी जस्ता उल्लेखनीय कामहरु गरेकोमा धन्यवाद दिएका थिए । […]

मुखमा कालोपट्टी बाधेर सरकारको विरोध

नेपालगन्ज,भाद्र,३०- अाज बाँके लगायत देशका मुख्य मुख्य शहरहरुमा कञ्चनपुर कि बालिका निर्मला पन्तको हत्यारालाई तुरुन्त पत्ता लगाई कार्यवाही गर्नु पर्ने भन्दै मुखमा कालोपट्टी बाधेर सरकारको विरोध गरिएको छ । अाज शनिबारको दिन बाँकेको नेपालगन्ज र कोहलपुरमा मुखमा कालोपट्टी बाधेर हजारौंको सङ्ख्यामा जम्मा भएर विरोध गरिएको हो । लगभग डेढ महिना बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न […]

विश्व सरसफाइ दिवसमा सडकमा जताततै सरसफाइ गरियो

नेपालगन्ज,भाद्र,३०- अाज विश्व सरसफाइ दिवसको दिनमा बाँकेका धेरै ठाउँहरुमा सरसफाइ गरिएको छ ।सरसफाइको दिनमा विभिन्न संघ संस्था स्थानीय सरकारी कार्यालयहरु, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, लायन्स क्लब , लगायतकाहरुले सडकमा सरसफाइ गरेका थिए । खजुरा गाउँपालिकाको अायोजनामा खजुरा क्षेत्रमा , लायन्स क्लब र लियो क्लबहरुको संयुक्त अायोजनामा धम्बोजी चोक देखि कारकादो चोकसम्म, वडा कार्यालयहरुले अाफनो वडामा […]