जाडोले कठ्यांग्रिएर सप्तरीमा दुई जनाको मृत्यु

सप्तरी,पुस,२३-  देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला तराईका जिल्लाहरुमा विगत चार-पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  ठाकुरको गाईगोठमा […]

नेपाल रेडक्रस सोसाइटी खजुराद्वारा कम्बल वितरण

राम सुनाम/ बाँके,पुस,२०- नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखा खजुराले आज अति विपन्न, वृद्ध, असायलाई कम्मल वितरण गरेको छ । उपशाखाका सभापति जिवनाथ सापकोटाका अनुसार ४० थान कम्बल गरिबवर्गलाई वितरण गरिएको हो । कम्बल वितरण गर्दै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको […]

खोटाङको हलेसीमा भिषण आगलागी , चार घरमा पुर्ण तीनमा आंशिक क्षती

सिर्जना बर्देवा/ ओखलढुंगा, पौष १९- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर […]

नेपालगन्ज उपमहानगरपालिकाको वडा १२ खुला दिसामुक्त घोषणा

नेपालगञ्ज,पुष १८- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ लाई आज खुला दिसामुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकाका २३ वडामध्ये १५ अौं वडाका रुपमा खुला दिशामुक्त गरिएको हो । वडामा रहेका १ हजार २० घरधुरी सवै घरले सौचालय निर्माण गरेपछि वडा नम्वर १२ लाई आज स्थानीय तहपछिको पहिलो वडाका रुपमा खुलादिशामुक्त घोषणा गरिएको हो । वडाका तर्फबाट […]

रेडक्रसद्वारा बाकेमा शितलहर र चिसोबाट बचाउन ५० जनालाई कम्बल वितरण

राम सुनाम/ बाँके,पौष,१८- रेडक्रस बाँकेले शितलहर र चिसोबाट बचाउन ५० जनालाई कम्बल वितरण गरेको छ । बढदै गएको शितलहर र चिसोबाट बचाउन नेपालगन्जको बागेश्वरी मन्दिरमा आश्रय लिइरहेका जेष्ठ, अशक्त तथा असाहयलाई आज जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार रेडक्रसले कम्वल वितरण गरेको हो । अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि आजदेखि नगरका विभिन्न ११ स्थानमा […]

ओखलढुंगाको मोलिमा खुकुरी प्रहार,दुई जना घाईते

सिर्जना बर्देवा/  ओखलढुंगा,पौष,१८- ओखलढुंगाको मानेभञ्ज्याग गाउपालिका १ मोलिमा खुकुरी प्रहार बाट दुई व्यक्ति घाईते भएका छन् । स्थानीय टेक ब. बस्नेतको खुकुरी प्रहार बाट चक्र बहादुर बस्नेत र श्रीमती सिता बस्नेत घाईते भएका हुन् । आफसी बिवादका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाईतेलाई ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार नभए पछि हेलिकप्टर मार्फत काठमान्डौ […]

पूर्वराजा ज्ञानेन्द्रको परिवारले नेपालगन्जमै अंग्रेजी नयाँ बर्ष मनाउने

राम सुनाम/ बाके पौष, १६- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारले नेपालगन्जमै अंग्रेजी नयाँ बर्ष मनाउनु हुने भएको छ । गएको विहीबारदेखि नेपालगन्जको भुजईगाउ स्थित सोल्टी होटलमा बास बस्नुभएका पूर्वराजा शाह परिवारलाई स्थानीयदेखि राष्ट्रिय तथा भारतीय कलाकारहरुले मनोरञ्जन दिने छन् । त्यसका लागि भारतीय कलाकार तोरशा सरकार, डान्स स्क्वाड ग्रुप र नेपालकी चर्चित गायिका श्रेया श्वताङ र […]

सल्यानमा पशुलाई सुत्केरी भत्ता वितरण

राम सुनाम/ सल्यान,पौष,१५- महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सुत्केरी भत्ता दिने सरकारी निती नौलो होइन । तर सल्यानमा पशुलाई समेत सुत्केरी भत्ता दिन थालिएको छ । कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको हो । पशु सेवा कार्यालयले जिल्लाका ५ किसानहरुलाई पशु स्याहार सुसार र आहारका लागि टेवा पुर्याउन प्रोत्साहन वापत भत्ता रकम […]

बाँकेको वैजापुरमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन

राम सुनाम/ बाँके,पौष,१५- बाँकेको वैजापुरमा आज शनिबार निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरीएको छ । कुलआषिस फार्मेसीको आयोजना तथा देउराली जनता फर्मेसीटिकल प्रालीको सहकार्यमा शिविर सन्चालन गरीएको हो । सुगर र प्रेसर जाँच गरीएको शिविरमा १ सय ३० जना शेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् । जाँच गराउनेहरुमध्ये ५० जनामा सुगर र ५० जनामा प्रेषरको समस्या देखीएको […]

नेपालगन्जमा मानव बेचबिखन सम्बन्धी २ दिने गोष्ठि सुरु

राम सुनाम/ बाँके,पुष,१५- साथी सँस्थाको आयोजनामा आज शनिबारदेखि नेपालगन्जमा मानव बेचबिखनको अबस्था बारे २ दिने गोष्ठि सुरु भएको छ । मानव वेचविखन नियन्त्रण जिल्ला समितिले चारबर्ष अगाडी तयार पारेको पञ्च बर्षीय योजनाको प्रगतिबारे समिक्षा गर्नु गोष्ठिको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक कमला पन्तले जानकारी दिनुभयो । गोष्ठि समितिका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी […]