कैलालीमा ठुलो राशीको जिल्ला व्यापी विद्यालय स्तरीय बृहद नृत्य प्रतियोगिता शुरु

पवन मुडभरी / बौनीया ,कार्तीक,१८ – कैलालीकोको बर्दगोरीया गाउपालिकामा अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगिता २०७४ शुक्रबार देखी शुरु भएको छ । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयको आयोजनामा भईरहेको प्रतियोगीताको बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । विद्यालयका संस्थापक देब […]

म्यादी प्रहरीको तालिम शुरु

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१४-     प्रतिनिधि र प्रदेश सभाका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा थप सुरक्षाका लागि कञ्चनपुरमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ । तालिम सोमवार देखि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर, बेलौरी र कृष्णपुरमा गरी तीन ठाउँमा तालिम सञ्चालन गरिएको छ । […]

आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भीड

काठमाण्डौं,कार्त्तीक,१४- कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी […]

तुलसीपुर उपमहानगरपालिका १९को बैठक सम्पन्न

दाङ,कात्तिक,१३- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को बैठक सम्पन्न भएको छ । बैठकले वडा सदस्य जयबहादुर सुनारकी धर्मपत्नी घनी सुनारको ४० वर्षको उमेरमा कात्तिक ८ गते असामयिक निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले वडा सदस्य सुनारको आर्थिक अवस्था कमजोर भएको भन्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने र उपचारका क्रममा समेत लाखौ खर्च भएकाले […]

पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]

मुस्ताङबाट ५३ करोडको स्याउ बाहिरियो

मुस्ताङ,कार्त्तीक,८- यस वर्ष मुस्ताङबाट ५३ करोड रुपैयाँको स्याउ बाहिरिएको छ । कृषि विकास कार्यालयले यहाँको ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको जनाएको छ । सरकारले कृषि सामग्री अनुदान र उत्पादनका कार्यक्रम ल्याएपछि यस वर्ष १० प्रतिशतले स्याउ उत्पादन बढेको हो । पछिल्लो १० वर्षको अवधिको तथ्यांकअनुसार यो वर्ष स्याउ उत्पादन बढेको कार्यालयले […]

नगरको शैक्षिक सुधारमा उपमहानगरपालिकाको पहल

नेपालगञ्ज कार्तिक ८- नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहलकदमी थालेको छ । शिक्षा सम्वद्ध अधिकारी, शिक्षक र अभिभावकको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले आज निजी विद्यालयहरुको संगठन प्याव्सन, एन प्याव्सन लगायत सम्वद्ध सरोकारवालासँग आवशयक परामर्श गर्नु भएको हो । निजी र सरकारी विद्यालयको […]

घोराहीमा निमार्ण हुन लागेको सभागृह निर्माणले गति लिदै

नरेश खड्का/ दाङ, कार्तिक,७- दाङको घोराहीमा सभागृह निर्माणले गति लिएको छ । अबको २० महिना भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले सभागृहको काम सुरु गरेको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सुरु भएको सभागृह बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले अबको १८ देखि २० महिना भित्रमा सम्पुर्ण निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको […]

छठ पर्व आजबाट सुरु

काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]

छुवाछुत अन्त्यका लागी बानी र आचरणमा परिवर्तन आउनुपर्ने

दाङ,कार्तिक,६- व्यक्तीको आचरण र बानीमा परिवर्तन नआउदा सम्म छुवाछुत र जातिय बिभेदको अन्त्य हुन नसक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । दलित सचेतना अभियान दाङको आयोजनामा लमहीमा आज आयोजित जातिय बिभेद तथा छुवाछुत र कसुर सजाय ऐन २०६८को बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो । कार्यक्रमका वक्ताहरुले […]