खोटाङमा अलैंची उत्पादनमा बृद्धि ,भाउ नपाउँदा कृषक चिन्तित

सिर्जना बर्देवा/ ओखलढुंगा ,कात्तीक,२१- खोटाङमा यस आर्थिक वर्ष २० प्रतिशतले अलैंची उत्पादनमा बृद्धि भएको छ । रोग किरा नलागेको र नयाँ बिरुवाले उत्पादन दिन सुरु गरेकाले आर्थिक वर्ष २०७४÷०७५ मा अलैंची उत्पादनमा बृद्धि भएको हो । आर्थिक वर्ष २०७३÷०७४ मा ४४० मेट्रिक टन (११ हजार मन) अलैंची उत्पादन भएकामा यस आर्थिक वर्ष ६३६.६ मेट्रिक टन […]

राष्ट्रिय मानव अधिकार आयोगले नेपालगन्जमा अन्तरक्रिया गर्दै

डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आज नेपालगन्जमा अन्तरक्रिया गर्दैछ । निर्वाचन गतिविधि, वातावरणमैत्री विकासलगायतका बिषयमा पाठक नेतृत्वको टोलीले यहाँका सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतहरुसँग छलफल गर्न लागेको आयोगका निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो । दिउँसो १ बजे आयोगकै कार्यालयमा छुट्टाछुट्टै छलफल कार्यक्रम आयोजना गरिएको […]

भु पु बिद्यार्थी सँघद्वारा सर्वोदय नि.मा.वि लाई शैक्षीक सामाग्री वितरण

तनहुँ,कार्त्तीक,२०- तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ ।  जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ । भु पु […]

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुली, कात्तिक,२०- कार्त्तीक महिनामा मात्र नेपालका विभिन्न ठाँउमा भएको गाडी दुर्घटनाले यात्रा गर्दा दुर्घटना हुने दरले जनत्रास फैली रहेको बेला फेरी दुर्घटना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु […]

कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु

पवन मुडभरी,बौनियाँ,कार्तीक,१९- कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु भएको छ । जिल्ला समन्वय समिती कैलालीका सभापती सुर्य बहादुर थापाले एक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गर्नुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा आर्थिक वर्ष २०७४/७५ को २७ करोड ७५ लाख १८ हजार ६ सय २९ रुपैयां बराबरको अनुमनित बजेट गाउपालीकाकी उपाध्यक्ष भगवती चौधरीले प्रस्तुत गर्नुभएको थियो […]

कैलालीमा ठुलो राशीको जिल्ला व्यापी विद्यालय स्तरीय बृहद नृत्य प्रतियोगिता शुरु

पवन मुडभरी / बौनीया ,कार्तीक,१८ – कैलालीकोको बर्दगोरीया गाउपालिकामा अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगिता २०७४ शुक्रबार देखी शुरु भएको छ । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयको आयोजनामा भईरहेको प्रतियोगीताको बर्दगोरीया गाउपालीकाका अध्यक्ष बलिराम चौधरीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । विद्यालयका संस्थापक देब […]

म्यादी प्रहरीको तालिम शुरु

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१४-     प्रतिनिधि र प्रदेश सभाका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा थप सुरक्षाका लागि कञ्चनपुरमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ । तालिम सोमवार देखि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर, बेलौरी र कृष्णपुरमा गरी तीन ठाउँमा तालिम सञ्चालन गरिएको छ । […]

आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भीड

काठमाण्डौं,कार्त्तीक,१४- कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी […]

तुलसीपुर उपमहानगरपालिका १९को बैठक सम्पन्न

दाङ,कात्तिक,१३- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को बैठक सम्पन्न भएको छ । बैठकले वडा सदस्य जयबहादुर सुनारकी धर्मपत्नी घनी सुनारको ४० वर्षको उमेरमा कात्तिक ८ गते असामयिक निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले वडा सदस्य सुनारको आर्थिक अवस्था कमजोर भएको भन्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने र उपचारका क्रममा समेत लाखौ खर्च भएकाले […]

पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]