कोहलपुर,माघ १७-कोहलपुरमा १० दिने मौरी पालन सम्बन्धि प्रशिक्षण तथा पशिक्षक तालिम सुरु भएको छ । आत्र्मनिर्भर मौरी व्यवसायी, सक्षम सम्वृद्ध महासंघ, मौरीजन्य उपजको संसार भर पहिचान भन्ने नारासहित नेपाल मौरीपालक महासंघको आयोजना तथा आर्थिक समावेशी कार्यक्रम जिआइजेटको सहयोगमा तालिमको आयोजना गरीएको हो । तालिमको उद्घाटन गर्दै नेपाल मैेरीपालक महासंघका केन्द्रीय सदस्य जयश्वर पौडेल सुमन नेपालमा […]
समाज
लागूऔषध सेबनबाट एक किशोरीको मृत्यु
कैलाली,माघ १७-कैलालीकी एक किशोरीको लागूऔषध ब्राउन सुगर सेबनबाट मृत्यु भएको छ । अन्दाजी १७–१८ वर्षकी सलोनी श्रेष्ठ (खनाल)को ब्राउन सुगर सेवनबाट मृत्यु भएको हो । यही माघ १५ गते उनीसहित चार जना साथीहरुको समूह कैलालीको खानीडाँडामा बास बसेका थिए । त्यहाँ सलोनीसहित चारैजनाले ब्राउन सुगर सेबन गरेका थिए । ‘ओभर डोज’का कारण श्रेष्ठले रातिदेखि नै […]
खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड
बाँके,माघ १७-बाँकेको खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड लागेको छ । बर्दियाको कर्णालीमा मात्र संचालन रहेको बोटिङग खजुरा महोत्सवमा संचालन भएपछि भिड लागेको हो । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृषि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सव २०७३ […]
कर्णाली जेसिजको अध्यक्षमा शाही
कालिकोट,माघ १७-कालिकोट–कर्णाली जेसिज कालिकोटको चौथो अधिवेशनले साबित्री शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले शाहीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनले कार्यकारी उपाध्यक्षमा बिस्नप्रसाद न्यौपाने र गणेश रिजाललाइ चयन गरेको छ भने चारजना उपाध्याक्षहरु मधु शाही, बिष्णुकान्त प्याकुरेल, नवराज बुढा, प्रेमप्रकाश शाहीलाई छानेको छ । त्यस्तै महासचिवमा शुमन बम […]
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, माघ १६ –आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]
सरकारले फागुनमा खोप अभियान सञ्चालन गर्ने
काठमाडौ,माघ, १२ –सरकारले आगामी फागुनमा मुलुकका १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ अभियान सञ्चालन गर्ने भएको छ । फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको बालस्वास्थ्य महाशाखा अन्तरगत खोप शाखाले जनाएको छ ।नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो […]
बाँकेमा ५५ प्रतिशत योजनाहरुको सम्झौता: जेष्ठ १५ भित्रै सबै योजनाहरु पुरा गरिसक्ने लक्ष्य
बाँके,माघ ११-जिविस बाँकेले आर्थिक वर्ष २०७३–७४ सुरु भएको ६ महिना पुग्नै लाग्दा बरिब ५५ प्रतिशत विकासका योजनाहरुको सम्झौता गर्ने काम सकिएको छ । जिविस अन्तर्गत छनौट भएका योजनाहरुको सम्झौता गर्ने काम अहिले द्रुत गतीमा भइरहेको बाँँकेका स्थानिय विकास अधिकारी हरी प्याकुरेलले जानाकरी दिनुभएको छ ।अहिलेसम्म करिब १० प्रतिशत आयोजनाहरुको सम्झौता भएर काम पनि सुरु भइसकेको […]
बिद्युत चोरी गर्ने ६ जना पक्राउ
बाँके,माघ ११-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिईको छ । बिद्युत चुहावट हुने क्षेत्रहरुमा प्राधीकरणले साउन महिनादेखि निगरानी बढाउन सुरु गरेको हो । सोमबार बिहान वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान टोलीले बाँकेको बेलहरी र मनिकापुरबाट बिद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । ८० हजार जरिमाना गरेर उनीहरुलाई छाडिएके […]
बैंकबाट ३ लाख ६५ हजार रुपैयाँ लुटियो: घटनाको अनुसन्धान हुँदै
बाँके,माघ १०-नेपालगन्जमा बैंकबाट पौसा निकालेर लैजाँदै गर्दा एकजनाको ३ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बाँके खजुरा निवासी दिनेश खरेलले आज दिउँसो नेपालगन्जस्थित सिद्धार्थ बैंकबाट ३ लाख ६५ हजार रुपैयाँ निकाल्नु भएको थियो । बाहिर निस्केर बाइक चढ्ने बेलामा उहाँको शरीर चिलाएजस्तो भएपछि उहाँ बैंककै बाथरुम छिर्नु भएको थियो । बाथरुमको बाहिर अडिएको […]
हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल
बैतडी,माघ १०-बैतडीको हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसमा उमेर नपुग्दै बिहे गर्ने गराउनेको तीन पुस्ते नामावली टाँस्ने अभियान सुरु गरेको युवा सञ्जालले जनाएको छ । बालविवाह न्यूनीकरणका लागि गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत समूह अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तरक्रिया गर्ने, बालविवाह गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार […]