नेपाल अटो मेकानिक्स ट्रेड युनियनको भेला तथा विमा सम्वन्धी प्रशिक्षण कार्यक्रम

नेपालगन्ज ,जेष्ठ ,३२- बाँकेको नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर अध्यक्ष पारसमणि अर्याल , प्रमुख अतिथिमा नाटुका केन्द्रीय सचिव रत्न लाल न्यौपाने , बिशिस्ट अतिथिमा प्रेम प्यासी अर्याल […]

हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै

नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]

बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ ।  खेललाई हुने खानेले […]

भेरीगंगा उपत्यका महोत्सवको ९औँ दिन भोलि चर्चित र्‍यापर भिटेनले तहल्का पिट्ने

सुर्खेत,जेष्ठ ,२५- सुर्खेतको भेरीगंगा उपत्यका महोत्सव २०७६ को ९ औँ दिन भोलि आइतबार चर्चित र्‍यापर(समीर घिसिङ ) भिटेन आउने भएका छन। ‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रबर्द्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीगं‌गामा सन्चालन भइरहेको […]

कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते

कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने  ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका  वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]

चितवनमा निर्माणधिन क्रिकेट रंगशाला : रोजिन थापा मगरको विचार

काठमाण्डौं,जेष्ठ,१७- चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको अस्थायी बारमा यहि जेष्ठ १४ गते मंगलबारका दिन प्रकाश कँडेलको समुहले डोजर लगाएर भत्काएका पछि अहिले देश विदेशबाट चौतर्फी विरोध भैरहेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेल सहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका प्रकाश कँडेल नेपाल कम्युनिस्ट […]

मोदीको शपथ ग्रहण आज : प्रधानमन्त्री ओली भारत जाँदै

काठमाण्डौं,जेष्ठ,१६- भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज हुने भएको छ । उक्त शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री ओली  आज दिउँसो १:३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जान लाग्नु भएको हो। ओली डिप्लोमेटिक इन्कलेभस्थित होटलताज प्यालेसमा बस्नुहुनेछ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन […]

आर्थीक वर्षका लागी १५ खर्ब ३२ अर्बको बजेट सरकारद्धारा सार्वजनीक

काठमाण्डौं,जेष्ठ,१५- संघीय सरकारले आगामी वर्षका लागि आयव्ययको विवरण(बजेट) सार्वजनीक गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ […]

प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]

विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)

काठमाण्डौं,जेष्ठ,१३- नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । […]