भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने

इन्द्र कार्की /महेन्द्रनगर ,माघ,२१      कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख […]

फाल्गुनमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने

इन्द्र कार्की / महेन्द्रनगर ,१९,माघ       कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयले विगत ५ वर्ष देखि खुवाइदै आएको हात्तिपाइले विरुद्धको औषधि यस पटक फाल्गुनको दोस्रो साता खुवाउने भएको छ । राष्ट्रिय हात्तिपाइले निवारण कार्यक्रम अन्र्तगत राष्ट्रिय हात्तिपाइले रोग निवारण जिल्ला समन्वय समितिको वैठकले फाल्गुन १२,१३ र १४ गते का दिन औषधि खुवाउने निर्णय गरेको हो । गत विगत […]

कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]

जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

मिलन मगर/ फुकुओका,जापान,माघ,१३- जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । फुकुओकाको एक व्यवसायीक स्कूलमा पहिलो वर्षमा अध्ययनरत अर्घाखाँची सन्धीखर्क नगरपालिका ११ दिर्भमका २३ वर्षीय प्रकाश आचार्यको मुत्यु भएको हो । आचार्यलाई माघ १० गते अर्थात २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको “वी फर अल जापानका” अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । […]

जाडो मौसमका स्वास्थ्य समस्या र वच्ने उपाय

इन्द्र कार्की/ महेन्द्रनगर,माघ,९- अहिले जाडोको मौसम चलिरहेको छ । जाडो मौसमलाई सुख्खा मौसम पनि मानिन्छ । यस मौसममा बर्षेनि जाडो र जाडो को कारणले हुने विभिन्न रोगहरुको कारण मानिसको ज्यान गईरहेको हुन्छ । जाडोको मौसम मा देखापर्ने विभिन्न स्वासथय समस्या र वच्ने उपाय वारे थाह पाएर सावधानी अपनाएमा यि समस्याहरु वाट वच्न सकिन्छ । केही […]

महेन्द्रनगरको खुला मञ्चमा विराट सत्संग समारोह हुने

इन्द्र कार्की/ महेन्द्रनगर,माघ,४- नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महेन्द्रनगरको खुला मंचमा विराट सत्संग समारोह २०७४ हुने भएको छ । भोली शुक्रवार (माघ ५) देखि सञ्चालन हुने सत्संगको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ । महेन्द्रनगरमा पहिलो पटक हुन लागेको सत्संगले आध्यात्मिकका माध्यमवाट मानिसलाई ज्ञान दिने उदेश्य रहेको छ । सत्संगको उद्घाटन सिँचाइमन्त्रि […]

के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९         पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]

आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो […]

शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै

इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४      मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । […]