सन्दर्भ नारी दिवस

इन्द्र कार्की /महेन्द्रनगर,२४,फाल्गुन     आज १०८ औं अन्तराष्ट्रिय नारी दिवस देश विदेशमा विभिन्न कार्यक्रमहरु सहित भव्यताका साथ मनाइदै छ । सामाजिक सञ्जालहरु,सञ्चार माध्यमहरु,सामाजिक तथा व्यक्तिगत रुपमा आज नारी दिवसको शुभकामना आदानप्रदान भईरहेको छ । नारी अथार्त महिलाका पक्षमा कार्यरत विभिन्न निकायहरुले विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि नारी दिवसलाई भव्य मनाउन लागेका छन् । विश्व भरि […]

केरा एक फाइदा अनेक

इन्द्र कार्की / महेन्द्रनगर,२३,फाल्गुन       विश्वमा सर्वाधिक रुपमा प्रयोग गरिने फल मा पर्छ केरा । केरा जुनसुकै मौसममा पनि उपलव्ध हुने फल हो । केरा नपाइने ठाउँ विश्वमा विरलै पाइएला । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, […]

महिलाको मृत्यु पछि महाकाली अञ्चल अस्पतालमा तनाव

इन्द्र कार्की /महेन्द्रनगर,२० ,फाल्गुन     बारम्वार विवाद र तनावको चपेटामा परि रहने महाकाली अञ्चल अस्पताल शनिवार फेरि पनि तनाव ग्रस्त वन्न पुग्यो । भिमदत्तनगर पालिका ११ भुजेला वस्ने ४६ वर्ष की कलावती सार्कीको उपचारको क्रममा फाल्गुन १९ गते शनिवार विहान ५ वजे मृत्यु भए पछि महाकाली अञ्चल अस्पताल तनाव ग्रस्त वन्न पुगेको हो । सार्कीका आपन्तले […]

हर्षोलासपुर्वक मनाइदै होली

इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]

हातीपाइले वारे

इन्द्र कार्की /महेन्द्रनगर,११,फाल्गुन     नेपाल सरकारको हातीपाइले रोग निवारण अभियान अर्न्तगत विगतका वर्षहरुमा झै नेपालका हातीपाइले प्रभावित २४ जिल्लाहरुमा एक साथ यहि फाल्गुन १२,१३ र १४ गतेका दिन हातीपाइले रोग विरुद्धको औषधि खुवाइदै छ । हातीपाइले रोग विश्वका ८० भन्दा वढी देशहरुमा पाइएको छ , जसमा नेपाल पनि पर्छ । हाल विश्वमा १२ करोड मानिसहरु यो […]

कञ्चनपुर पर्यटन महोत्सव समापन

इन्द्र कार्की /महेन्द्रनगर, १०,फाल्गुन      महेन्द्रनगरको खुलामञ्चमा जारी प्रदेश स्तरिय आद्यौगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सम्पन्न भएको छ । बुधवार प्रदेश नं.०७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले महोत्सवको समापन गर्नु भएको हो । स्थानिय स्तरमा उत्पादित वस्तुहरुको बजार प्रर्वद्धन र व्यापा्र वृद्धिका लागि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ २९ गते देखि खुलामञ्चमा महोत्सवको आयोजना […]

नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]

बालश्रम न्यूनीकरण बारे छलफल

नेपालगंज,बाँके,२२- बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

इन्द्र कार्की /महेन्द्रनगर,माघ,२२        कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । क्यामेरा ट्रापिङ्ग विधिवाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने चलन छ । नेपालमा राष्ट्रिय बाघ गणना २०१८ अनुसार यहाँ पनि बाघ गणना सुरु गरिएको राष्टिय निकुञ्जले जानकारी दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका […]

भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने

इन्द्र कार्की /महेन्द्रनगर ,माघ,२१      कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख […]