आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो […]

शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै

इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४      मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । […]

देहरादुनमा ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,४,पौष    कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार वाणिज्य मन्त्रालय ,्व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल पर्यटन वोर्ड , भारत स्थित नेपाली राजदुतावासको सहयोगमा मेला तथा महोत्सव हुन […]

उपयोगी फर्सी

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२८- फर्सी गाउँघर सहरवजार मा सर्वसुलभ रुपमा पाईने तरकारी हो । मुख्य गरी तरकारीको रुपमा खाइने फर्सी गर्मी र चिसो मौसममा खाइन्छ । पोषणको दृष्टिकोणले पोषिलो फर्सिमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । हरियो भन्दा पहेलो रंगको पाकेको फर्सीमा भिटामिन तथा खनिज तत्वहरुको मात्रा वढि हुन्छ । फर्सी का विभिन्न परिकारहरु वनाएर खान […]

प्रतीनिधिसभा तर्फ कञ्चनपुरमा ५ सिटमा वामपन्थी विजयी

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२५- कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाका ५ सिटमा वाम उम्मेद्वार विजय भएका छन् । प्रतिनिधि सभाका २ सिटमा र प्रदेश सभाका ३ सिटमा प्रत्यक्ष तर्फका उम्मेद्वार विजयी भएका छन् । कञ्चनपुर क्षेत्र नं. १ मा माओवादी केन्द्रकी नेतृ विना मगर र क्षेत्र नं. २ मा एमालेका नेता नर वहादुर धामी प्रतिनिधि सभा […]

कञ्चनपुरमा बामकै अग्रता

इन्द्र कार्की /महेन्द्रनगर,२४,मंसिर        प्रतिनिधि सभा र प्रदेश सभामा कञ्चनपुरमा वाम गठवन्धनले अग्रता कायम गरेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिटमा गठवन्धनका उम्मेद्वारहरुले आफनो अग्रता कायम गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं.१ मा झण्डै दोव्वर मतान्तरले वाम गठवन्धनकी विना मगरले अग्रता लिएकी छिन् । १६४९४ मत पाएकी विनालाई नेपाली कांग्रेसका […]

हर्टअट्याक अथार्त हृदयघात

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१६-  मुटु मानव शरीरको एक महत्वपुर्ण अंग हो । मुटुका विभिन्न रोगहरु मध्ये अकस्मात हुने हृदयघात (हर्ट अट्याक) हालको जल्दोवल्दो मृत्युको कारण वनिरहेको छ । हृदयघात आकस्मिक  अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग गिदी लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । […]

कञ्चनपुरका मतदान केन्द्रमा साढे २ हजार कर्मचारी परिचालन हुदै

इन्द्र कार्की / महेन्द्रनगर,१५,मंसिर      अगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा २ हजार ५ सय ६० जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार आचार्यले जानकारी दिए । आज (शुक्रवार) देखि कञ्चनपुरका मतदान केन्द्रमा कर्मचारीहरुको खटनपटन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा ३ […]

श्वासनलीको संक्रमण

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,०७ श्वासनलीको संक्रमण भनेको के हो ? नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ । गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र […]