रियल म्याड्रिडका फरवार्ड करिम बेन्जिमालाई बालोन डि ओरको अवार्ड

काठमाडौं,कार्तिक,१-रियल म्यड्रिडका फरवार्ड करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् । बेन्जिमाले गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन् ।    उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला […]

विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज

कतार,असोज,२८-कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ।कतारले फिफा विश्वकपको तयारी भइरहँदा फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो । कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ […]

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बर्नाङ्की, डायमन्ड र डिबबिगलाई

काठमाडौं,असोज,२५-यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुलाई दिइएको छ ।  सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले अमेरिकाको बु्रकिङ इन्ष्टिच्यूटका बेन एस. बर्नाङ्की, सिकागो विश्वविद्यालयका डगलास डब्ल्यू डायमन्ड र वाशिङट्न विश्वविद्यालयका फिलिप एच डिबबिगलाई सो पुरस्कार दिएको हो ।  बैंक तथा वित्तीय संकटबारे गरेको अनुसन्धानको लागि उनीहरुलाई सो […]

जापनीज येन २४ वर्षयताकै सस्तो

टोकियो,जापान,२४-जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक […]

थाइल्याण्डमा अन्धाधुन्ध गोली प्रहार ३४ जनाको मृत्यु

काठमाडौं,असोज,२१-थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको जनाइएकाे छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको बीबीसीले जनाएको […]

युक्रेनको लिमान शहर रूसबाट फिर्ता

काठमाडौं,असोज,१७-युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले कब्जा गरेको चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक शहर लिमानलाई रूसी सेनाबाट खाली गरिएको बताउनुभयो । मस्कोको आक्रमणविरूद्ध युक्रेनले हप्तौं लामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका वावजुद रूसले कब्जा गरिएका युक्रेनी भू–भागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो । मस्कोको […]

युक्रेनबाट छुट्यो २६ सय टन मकै बोकेको जहाज, घट्ला विश्वको खाद्यान्न महँगी ?

ओडेसा (युक्रेन)साउन,१६-रुससँग युक्रेनको ऐतिहासिक सम्झौता अनुरूप युक्रेनको ओडेसामा रहेको एउटा बन्दरगाहबाट अन्न बोकेको एउटा जहाज छुटेको छ।टर्की र युक्रेनका अधिकारीहरूले बताएअनुसार स्थानीय समयअनुसार सोमवार बिहानै ओडेसको दक्षिणी बन्दरगाहबाट सेर्रा लियोनको झन्डा बोकेको सो जहाज लेबनानतर्फ हिँडेको हो । युक्रेनमाथि रुसले फेब्रुअरीको अन्त्यमा आक्रमण गरेयता रुसले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात रोक्दै आएको थियो।यसको प्रभावले विश्वभर गहुँ, […]

जापान पूर्वी एसियाली फुटबल ई-वानको च्याम्पियनसिप

टोकियो,जापान,साउन,१२-जापान पूर्वी एसियाली फुटबल ई-वान २०२२ को च्याम्पियनसिप भएको छ । जापानको आईची केन स्थित टोयोटा रंगशालामा बुधबार भएको फाईनल खेलमा दक्षिण कोरियालाई ३-० गोलले हराउदै जापान च्याम्पियनसिप भएको थियो।  जापानलाई जित दिलाउन खेलको दोस्रो हाफको ४९ औं मिनेटमा युकि सोमाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ६३ औं मिनेटमा शो सासाकिले […]

फुकुओकामा सर्वाधीक धनराशीको छैठौं “समर कप” फुटसल हुने

फुकुओका,जापान,साउन,१०-जापानको फुकुओकामा अहिले सम्मकै सर्वाधीक ठुलो धनराशीको छैठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ ।  श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २५ गते अर्थात (सेप्टेम्बर १० तारिख ) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार विगत ६ वर्ष […]

पिएसजीद्धारा ओसाका गाम्बाको पोष्टमा आधा दर्जन गोल

टोकियो,जापान,साउन,९-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ओसाका गाम्बालाई ६-२ गोलले पराजीत गरेको छ ।  जापान भ्रमणमा आएको पिएसजीले आज सोमबार जापानको ओसाका स्थित पानासोनिक रंगशालामा भएको प्रि-सिजनको खेलमा ओसाका गाम्बालाई आधा दर्जन गोल गर्दै हराएको हो ।  पिएसजीका लागि साराबियाले २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।उनले शनिबार भएको खेलमा उरावा रेड डायमण्ड माथी पनि एक गोल गरेका […]