काठमाण्डौं,चैत्र,१४-क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ। आइतबार भएको उत्तर अमेरिका छनोटमा जमैकालाई ४-० गोलले पराजित गर्दै क्यानडाले यही वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो। ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र […]
खेल
थाइ क्लब चोनबुरी एफसीसँग नेपाल ३-१ गोलले पराजीत
काठमाडौं,चैत्र,१३-नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३-१ गोल अन्तरले हराएको हो । चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे ।नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै […]
रोहितको कीर्तिमानी शतक,नेपाल ६ रनले पपुवा न्यूगिनीसंग पराजीत
काठमाडौं,चैत्र,११-दुई एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी)सँग नेपाल ६ रनले पराजित भएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए […]
आज नेपालले पपुवा न्युगिनी संग खेल्ने,खेल बिहान ९:३० बजे सुरु हुने
काठमाडौं,चैत्र,११-नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी […]
इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने
काठमाण्डौं,चैत्र,-११-युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने भएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो । इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए । इटाली लगातार […]
आज नेपाल र थाईल्याण्ड भिड्ने,खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुने
काठमाडौं,चैत्र,१०-नेपाल र थाईल्याण्डबिचको खेल आज (बिहिबार) हुदैछ ।नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र थाइल्याण्डब्चको खेल चोन बुरी रंगशालामै नेपाली समय अनुसार अपरान्ह ५:४५ बजेबाट सुरु हुनेछ। थाइल्याण्ड नेपालभन्दा निकै बलियो टोली र हाल फिफा वरियताको ११२ औं स्थानमा रहेको छ । नेपालले थाइल्याण्ड संग अहिले सम्म तीन […]
पपुवा न्युगिनीमाथी नेपालको लगातार दोस्रो जित
काठमाडौं,चैत,८-आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडे।पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए […]
यू-१८ महिला साफ : आज नेपाल र बंगलादेश भिड्ने
काठमाण्डौं,चैत,३-भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार सामना गर्दैछ ।बंगलादेशको भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ । आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर […]
नेपालले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं,फागुन,२-नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने […]
साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने
काठमाडौं,चैत,१-साफ यू-१८ महिला च्याम्पियनसिपमा आज मंगलबार नेपाल र भारतबीचको खेल हुँदैछ। खेल भारतको जमसेदपुरमा हुनेछ।भारत र नेपालको खेल नेपाली समयअनुसार बेलुका सवा ७:१५ बजे सुरु हुनेछ। मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ। डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । […]
