काठमाडौं,भदौ,१८-ललितपुरको चक्रपथ क्षेत्रभित्र भोलि कर्फ्यू लाग्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार दिनभरको तनावपछि शुक्रबार कर्फ्यू लगाउने निर्णय गरेको हो। बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। चक्रपथभन्दा भित्र मात्रै कर्फ्यूको निर्णय भएकाले बाहिर यसअघिकै आदेश अनुसार निशेधाज्ञा कायम रहने पनि प्रशासनले जनाएको […]
Flash
ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ
काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन […]
वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय
काठमाडौं,भदौ,१८-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराउनुभएको थियो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका […]
एकैदिन थपिए १२२८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,१८-पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् ।१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना […]
एकैदिन ११२० जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
काठमाडौं,भदौ,१७-पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थपिएका संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् ।मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ […]
चिनियाँ सेनासँग भएकाे पछिल्लो भिडन्तमा पनि भारतीय सैनिक मारिएको दाबी
काठमाडौं,भदौ,१७-केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ। गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको हो। दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए। […]
७० करोड मोलमोलाई गरेको विषयमा सोधबुझ गर्न अख्तियारले मिश्रलाई बोलायो
काठमाडौं,भदौ,१७-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभएको थियो […]
एकै दिन कोरोनाका कारण ११ जनाको मृत्यु, १०६९ जना संक्रमित थपिए
काठमाडौं,भदौ,१६-नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको […]
विद्यार्थीका समस्यामा आधारित भिम गुरुङ संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,भदौ,१६-विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण विश्वभर लाखौंले ज्यान गुमाई सकेका छन्,भने धेरैले रोजगारी गुमाएका छन्।यतिबेला विश्वको अर्थतन्त्र तहस नहस भएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ । विशेष गरि यसको सबैभन्दा ठुलो असर विदेशीलाई परेको छ । यो कोराना भाईरसले शिक्षा क्षेत्रमा पनि उत्तिकै नोक्सानी पुर्याएको छ । ईन्टरनेटको पहुॅंच हुने देशले […]
थप ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो
काठमाडौं,भदौ,१५-पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको […]


