नेपालले अब जापानमा सीधा हवाई सेवा सुरु गर्नसक्ने

काठमाडौं,पुस,२५- नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्र आदान–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार राजधानीमा हवाई सेवा सम्झौता संशोधनका लागि […]

नेपालगन्ज महोत्सव भोलि बाट

नेपालगंज,पुस,२५- एजि सर्भिस प्रालिको आयोजनामा हुन गईरहेको “नेपालगन्ज कृषि ,पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव २०७५ भोलि पौष २६ गते बिहिबार बाट शुरु हुने भएको छ । माननीय कृषि भुमि तथा सहकारि राज्य मन्त्री रामकुमारी चौधरीले महोत्सवको उदघाट्न गर्नुहुने भएको छ। यहि पौष २६ देखि माघ ८ गतेसम्म सन्चालन हुने उक्त नेपालगन्ज कृषि पर्यटन व्यापार तथा […]

सानिमा जनरल इन्स्योरेन्सको शाखा नेपालगन्जमा विस्तार

नेपालगन्ज,पुस,२५- सानिमा जनरल इन्स्योरेन्सको शाखा बुधबार नेपालगन्जमा विधिवत रुपमा समुदघाटन गरिएको छ । एक विशेष समारोहका बिच सानीमा जनरल ईन्स्योरेन्सको शाखा विस्तार गरिएको हो ।  नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरिटो रुपमा बिमा सेवा  पुर्‍याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएको कम्पनिले जनाएको छ।  कम्पनिले सबै प्रकारका निर्जिवन बिमाहरु जस्तै : मोटर , घर , […]

लायन्सका संस्थापकको जन्म जयन्तीको अवसरमा वृहत् सरसफाइमा कार्यक्रम

नेपालगन्ज,पौष,२४- अाज बाँकेको नेपालगन्ज उपमहानगरपालिका बि-पी- चोक देखि धम्वाीझी चोक सम्म लायन्स संस्थापक मेल्भिन जोन्सको १४० अौं जन्म जयन्तीको अबसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । अाज बिहान ठीक ८ बजे नेपालगन्ज उपमहानगरपालिकाको गेट नजिकैबाट उक्त कार्यक्रम शुरु गरिएको थियो । एरिया नं ६ अन्तर्गतका लायन्स क्लबहरुको अायोजनामा कार्यक्रम गरिएको एरिया जोन पर्सन लायन्स जीव […]

मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने

फुकुओका,जापान, पुस,२३- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर […]

कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सुदूर पश्चिम सम्पर्क समाज गठन

नेपालगन्ज,पौष,२०- बाँकेको नेपालगन्जमा रहेको कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज नेपालगन्जमा सुदूर पश्चिम सम्पर्क समाज आज एक कार्यक्रमका बिच गठन गरिएको छ । उच्च शिक्षा अध्ययन गर्न सुदूर पश्चिम क्षेत्रबाट बाँकेको नेपालगन्जमा आउने हरुको हकहितका लागि उक्त समाज गठन गरिएको नव निर्वाचित अध्यक्ष बिष्टले बताउनुभयो । आज कलेजमा एक कार्यक्रम गरेर उक्त समाज गठन गरिएको […]

नेपालगंजमा महोत्सवको तयारी तीब्र : हेलिकप्टर चढेर अवलोकन गर्ने अवसर

नेपालगंज,पुस,१९- पौष २६ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत संस्कृति महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक एजी सर्भिसेज प्रा.लि.ले नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सफल बनाउन भईरहेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ । आयोजक एजी सर्भिसेजका अनुसार कारकाँदो चोक पूर्वस्थित राधाकृष्ण मन्दिर नजिकै आयोजना हुने महोत्सवमा […]

नेपालबाट जापान कामदार पठाउने विषयमा कुनै सरकारी निणर्य भएको छैन

काठमाडौं,पुस,१९- वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकाले कुनै निणर्य नगरेको भन्दै हल्लाको पछि नलाग्न विभागले आग्रह गरेको हो । व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका लागि इजाजत प्रात संस्थाले समेत जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण गर्दै विभागले […]

ढाका टोपी लगाए रै रेशम चौधरीले थारु भाषामा लिए सपथ

काठमाण्डौं,पुस,१९- कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले आज बिहिबार चुनाव जितेको एक वर्षपछि सांसदको सपथ लिनु भएको छ । चौधरीले ढाका टाेपीमा सजिएर थारु भाषामा नै सपथ लिनु भएको हो । उहाँलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चाैधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए […]

“मिस इकलेज २०१९”को लागि आवेदन फारम खुल्ला

काठमाडौं,पौष–१८- विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।    उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९”को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक […]