काठमाडौं,भाद्र,२६- एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान गरेका छन् ।प्रतियोगिताको लागि २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोली बिहिबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नै विदाई गरेको थियो । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतमा आयोजना भएको साफ […]
Images
कोरियामा नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी शो प्रदर्शन
दक्षिण कोरिया,भाद्र,२५- ललितपुरको कुसुन्ती हाईट १३ मा अबस्थित श्री नेहा पोखरेल द्वारा संचालित मानशिक संतुलन गुमाएका महिला र अनाथ बालबालिकाको संरक्षण गरिरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ दक्षिण कोरियाको गजेदो मा नेपाली कथानक चलचित्र जात्रै जात्रा पर्दर्शन गरिएको छ । DSME मगर समाजले सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी नेपालमा अबस्थित नेपाल स्नेही काखको सहयोग […]
विश्वकप छनोटमा : नेपालको शानदार जित
काठमाण्डौं,भाद्र,२४- सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले शानदार जित निकालेको छ ।ताइपे स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए । बिष्टले पहिलो हाफतर्फ तेस्रो मिनटमै गोलको खाता खोलेका थिए […]
अहिले नेपाल र चाईनिज ताइपे भिड्दै ( Live video) सहित
काठमाण्डौं,भाद्र,२४- विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्वको खेलमा नेपालले अग्रता लिएको छ ।खेलको तेस्रो मिनेटमा नेपालका लागि अन्जन विष्टले गोल गरेका छन् ।पहिलो हाफमा नेपाल १–० ले अघि बढेको छ । लाईभ खेल हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/FRFsPWK477A नेपालले विश्वकप छनोटको दोस्रो खेलमा ताईपेविरुद्व मैदान उत्रिएको हो ।प्रशिक्षक योहान कालिनले ताईपेविरुद्व मुख्य फरवार्डमा विमल घर्तिमगरलाई […]
नेपाल फाइनलमा प्रवेश:उपाधिका लागि उज्बेकिस्तानसँग भिड्ने
काठमाण्डौं,भाद्र,२४-किर्गीस्तानमा जारी चार देशीय नडेज्दा कप महिला फुटबल च्याम्पियनसिपतर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै फाइनल स्थान पक्का गरेको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् । […]
विश्वकप छनोट : नेपालले आज ताइपेविरुद्ध खेल्ने
काठमाण्डौं,भाद्र,२३- कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो ।पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ । नेपाल कम्तिमा सोही नतिजा दोहर्याउने लक्ष्यमा हुनेछ […]
उज्वेकिस्तान संग नेपाल २-० गोलले पराजीत
काठमाण्डौं,भाद्र,२३- किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजीत भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल उज्वेकिस्तान संग २-० गोल अन्तरले पराजीत भएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो । पहिलो पटक आयोजना भएको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल भदौ २४ […]
नेपालले आज उज्वेकिस्तानसँग खेल्ने : लाईभ भिडीयो सहित
काठमाण्डौं,भाद्र,२३- किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) उज्वेकिस्तानसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछ । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो । ( लाईभ भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।) पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक […]
नेपालको शानदार जित : आयोजक किर्गीस्तान ८-२ गोलले पराजीत
काठमाण्डौं,भाद्र,२२- किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन् । जितसँगै नेपालले तीन […]
नादेझ्दा कप : आज नेपालले आयोजक किर्गीस्तान संग खेल्ने
काठमाडौं,भाद्र,२२- किर्गीस्तानमा आजबाट सुरु हुने ‘नादेझ्दा कप’ फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजकसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले किर्गीस्तानको सामना गर्नेछ । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ । प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्यीय नेपाली टिम बिहिबार नै किर्गीस्तान पुगिसकेको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित […]


