नेपाल यू–१९ विश्वकपका लागि छनोट

काठमाडौं,फाल्गुन,१९-निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६ यता पहिलो पल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पाएको यूएईलाई नेपालले ४८ ओभरमा १८४ रनमा अलआउट गयो । नेपालका दीपेश कँडेलले […]

‘ए’ डिभिजन लिग आजबाट,पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

काठमाडौं,फाल्गुन,१९-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आज शुक्रबारबाट सुरु हुँदैछ । यसपाली ‘ए’ डिभिजन लिग तीन मैदान दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुनेछ। खेल शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।दशरथ […]

आजको राशिफल ।। फाल्गुन १९ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,१९-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १९ गते शुक्रवार, (मार्च ३ तारिख ) फाल्गुन शुक्ल एकादशी तिथि।आज आमलकी एकादशी/विश्व वन्यजन्तु दिवस पनि रहेको छ। आज फाल्गुन १९ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र […]

जापानको नागोयामा “तेस्रो यूनीटी फुटसल कप”अप्रिलमा हुने

टोकीयो,जापान,फाल्गुन,१८-जापानको आईची प्रिफेक्चरको  नागोया शहरमा“तेस्रो यूनीटी एफसी फुटसल कप”हुने भएको छ ।  यूनिटी एफसीको आयोजनामा हुन लागेको उक्त फुटसल प्रतियोगीता अप्रिल २९ तारीख (बैशाख १६) गते शनिवारका दिन नागोया शहर स्थित हिगासीकोसासा ६० कोशिदोचो टोयोटा भन्ने स्थानमा हुने क्लवका खेलाडी च्याङ्बाले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार “स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नारासहित प्रतियोगीताको आयोजना गर्न लागेको बताउनुभयो । […]

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर,फाल्गुन,१८- प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटेपछि कोशी प्रदेश नामाकरण भएको हो । सभामुख बाबुराम गौतमले ‘कोशी प्रदेश’को नाम दुई तिहाई बहुमतले पारित भएको जानकारी दिनु भएको हो […]

आजको राशिफल ।। फाल्गुन १७ गते बिहिवार

काठमाण्डौ,फाल्गुन,१८-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १८ गते बिहिवार, (मार्च २ तारिख ) फाल्गुन शुक्ल दशमी तिथि।आज शून्य भेदभाव दिवस पनि रहेको छ। आज फाल्गुन १८ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

आजको राशिफल ।। फाल्गुन १७ गते बुधवार

काठमाण्डौ,फाल्गुन,१७-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १७ गते बुधवार, (मार्च १ तारिख ) फाल्गुन शुक्ल नवमी तिथि।आज शून्य भेदभाव दिवस पनि रहेको छ। आज फाल्गुन १७ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । वृष […]

गड्डाचौकी नाकाबाट तरकारी आयात बढ्दै, ६ महिनामा भित्रियो ७ करोडको तरकारी

कञ्चनपुर,फाल्गुन,१७-जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ।कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ […]

चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं,फाल्गुन,१७-आगामी बैशाख १० गते चितवन २ मा हुन गइरहेको उपनिर्वाचनका लागि १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । मंगलबार १८ दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने

कैलाली,फाल्गुन,१६-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता […]