विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे

खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]

महिला सहभागीता कागजमा सिमीत : ४ जिल्लमा ३ महिला उम्मेदवार

काठमाण्डौ,कार्त्तीक,८- आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश ७ का चार जिल्लाबाट ती जना महिला उम्मेदवार बनेका छन् । प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र र प्रदेशका ८ निर्वाचन क्षेत्रमा गरि ६३ जनाले उम्मेदवारी दिएकोमा ३ जनामात्र महिला छन् । बझाङमा मात्रै ३ जना महिलाको उम्मेदवारी परेको हो । बझाङमा राष्ट्रिय जनमोर्चाकी कल्पना […]

नगरको शैक्षिक सुधारमा उपमहानगरपालिकाको पहल

नेपालगञ्ज कार्तिक ८- नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहलकदमी थालेको छ । शिक्षा सम्वद्ध अधिकारी, शिक्षक र अभिभावकको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले आज निजी विद्यालयहरुको संगठन प्याव्सन, एन प्याव्सन लगायत सम्वद्ध सरोकारवालासँग आवशयक परामर्श गर्नु भएको हो । निजी र सरकारी विद्यालयको […]

एमाले ,माओवादीको वामगठबन्धन नभई दामगठबन्धन हो : विप्लव

काठमाण्डौं,कार्त्तीक,८-  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाउनु भएको छ । आज काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘एमाले र माओवादी केन्द्रवीच […]

गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्ता बन्ने

काठमाडौं,कार्त्तीक,७- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई पार्टी प्रवक्ता बनाउन लाग्नु भएको छ । पार्टी सभापति निर्वाचित भएको झण्डै एक वर्ष हुन लाग्दा पनि पार्टी पदाधिकारीसमेत पूर्णता दिन नसकेका देउवाले चुनावमा मुखमा आएर कांग्रेसका प्रखर वक्ता मानिने थापालाई प्रवक्ता बनाउन लाग्नु भएको हो । पार्टी […]

घोराहीमा निमार्ण हुन लागेको सभागृह निर्माणले गति लिदै

नरेश खड्का/ दाङ, कार्तिक,७- दाङको घोराहीमा सभागृह निर्माणले गति लिएको छ । अबको २० महिना भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले सभागृहको काम सुरु गरेको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सुरु भएको सभागृह बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले अबको १८ देखि २० महिना भित्रमा सम्पुर्ण निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको […]

मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७- मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी […]

फिफा वेष्ट प्लेयर अवार्ड क्रिष्टियानो रोनाल्डोलाई

काठमाडौं,कार्त्तीक,७- विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि […]

छठ पर्व आजबाट सुरु

काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]

जापानी प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत

जापान,कार्तीक,६- जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ । गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा […]