काठमाडौं,असोज,३०- एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरुको […]
Images
सल्यान श्रीनगरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने
नरेश खड्का/ सल्यान,असोज,३०- सल्यानमा तिहार बिशेष साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।हिन्दू नेपालीहरुको महान चार्ड तिहारको अवसर पारेर कार्यक्रम जिल्लाको श्रीनगर बजार स्थीत बसपार्कमा संचालन हुन लागेको हो । ग्लोबल मीडिया हाउस शाखा कार्यालय घोरही दाङ्को आयोजनामा हुन् लागेको उक्त कार्यक्रममा प्रतियोगिताहरु खुल्ला लोकदोहरि, एकल नृत्य, खुल्ला गजल र घैटोफोर रहने बताइएको छ […]
यस वर्ष भाइटीकाको साइत ११:५१ मा उत्तम
काठमाडौं,असोज,२९- हिन्दुहरुको दोस्रो ठुलो पर्व भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । […]
नेपाल र हङकङबीचको खेल रद्द, सोमबार हुने
काठमाण्डौं,असोज,२९- विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल अन्तर्गत अाज हुने भनि तय भएकाे नेपाल र हङकङबीचको दोस्रो खेल समुन्द्रिक आँधीका कारण रद्द भएको छ। हङकङ क्रिकेटले सामाजिक सञ्जालमा जनाए अनुसार शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले सुरक्षाका कारण खेल रद्द भएको जनाएको छ। स्थगित खेल सोमबार रिजर्भ दिनमा हुने […]
समानुपातिक उम्मेदवारको बन्दसूची आज आयोगमा बुझाईंदै
काठमाडौं, असोज २९- आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदैछन् । आयोगले बन्दसूची बुझाउन बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशका लागि २ सय २० जना सदस्य चुनिने छन् । समानुपातिक […]
हाम्रो आगमनले ल्यायो ‘आगमन’
दाङ,असोज,२८- हाम्रो आगमन संस्थामा आबद्ध युवाहरुले प्रकाशन गरेको आगमन म्यागेजिन पत्रिकाको शनिवार घोराहीमा बिमोचन गरिएको छ । गोरेटो नेपाल र हाम्रो आगमन संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार गिरिराज शर्मा र राप्ती साहित्य परिषद्का अध्यष पुरुषोत्तम खनालले पत्रिका विमोचन गर्नुभएको थियो । पत्रिकाको समीक्षा नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले गर्नुभएको थियो । प्रमुख […]
नेपालको खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट
दाङ,असोज,२८- गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गर्दै आएको छ । ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को नाममा सञ्चालित यो […]
राष्ट्रपतिद्वारा राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ
काठमाडौं, असोज २८- राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई आज साँझ पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराउनु भएको हो । प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुको […]
क्वालिटी र अभिनयमा दर्शकको वाह सुपर हिरोलाई
रोशन घर्ति दाङ,असोज,२८- जब म हलमा जाने योजना बनाए । मलाई त्यस्तो महशुस थिएन कि दाङमा बनेको चलचित्र राम्रो होला तर अन्तरवार्ताको क्रममा निर्देशक समेत रहनुभएका सन्देश शाहले भन्नु भएको थियो कि हामीले काठमाण्डौ बराबरको क्वालिटी दिने प्रयास गरेका छौ । अनि हलसम्म पुगियो साथीहरुसँग थिए । जब म हलमा पुगे ८,१० वटा जति मोटरसाईकल […]
निर्वाचनपछि मुलुक समग्र आर्थिक विकास तिर : प्रधानमन्त्री
काठमाडौं,असोज,२८- व्यवस्थापिका–संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लाग्ने बताउनु भएको छ ।संविधान जारी पछि २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभयो । संविधान जारी भएपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको […]









