बैतडी,असार,१२- स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ । आज बिहान ७ बजेदेखि असार १५ गते बिहानसम्म सीमा नाकामा आवत जावत बन्द हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । असार १४ गते हुने चुनावको सुरक्षाका लागि सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय […]
Images
लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै
काठमान्डौँ,असार,१२- नेपालमा लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो । गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ […]
ढुक्क भएर मतदान गर्न गृहमन्त्री शर्माको आह्वान
दाङ,असार,१२- गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नु भएको हो ।रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा मन्त्री शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाइएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका हुन्। निर्वाचनमा जनताको उत्साह पूर्ण सहभागिता र […]
मुस्लिम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै
काठमाडौं, असार १२- ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको बिषेश परिकार […]
कोलम्बियामा १५० यात्रु सवार डुँगा डुब्यो
एजेन्सी,असार, १२- कोलम्बियाको उत्तर पश्चिम भेगस्थित पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा १५० यात्रु सवार डुंगा डुबेको प्रहरीले बताएको छ । उक्त घटनामा नौ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेको प्रहरीले जनाएको छ । डुंगामा पानी छिरेपछि छिटोछिटो डुंगा डुबेकोे बताइएको छ । तत्कालै अन्य डुँगाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए ।स्थितिको […]
निर्वाचनका लागि सम्पूर्ण तयारी पूराः आयोग
काठमाडौं,असार, १२- निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको बताउनुभयो । ‘मतपेटिकासहित […]
एउटै व्यक्तिलाई बारम्बार अवसर दिनु हुँदैन: पुर्व मेयर गुप्ता
बाँके,असार,११- धेरैलाई स्थानीय तह निर्वाचनको चटारो छ । तर पुर्व मयेर एवं राजपा उपाध्यक्ष विजय गुप्ता भने घरमै भेटीए । उनको पार्टीले निर्वाचनमा भाग नलीने भएपछि उनी खासै उत्साही देखीदैनन् तर पनि पुर्व मेयरका रुपमा उनले धेरै कुरा प्रष्ट राखे । बुवा महाबीर प्रसाद गुप्ता प्रधान भएका कारण पारिवारिक माहोल राजनीतिकमय थियो । नेपालमा २०४२ […]
ओलीको “मेरो गित ” सार्बजनिक
सिर्जना बर्देवा, ओखलढुङगा,असार,११- पछिल्लो समयका चर्चित संगीतकर्मी साजन ओलीको ‘‘मेरो गीत’’ सार्वजनिक भएको छ । संगै जिउने संगै मर्ने बाचा कसम गरेको आफ्नो प्रेमिका अरु कसै संग सिन्दुर पहिरेर जादाको पिडा लाई समेटेर तयार भएको यस गित अत्यन्त मार्मिक र बियोगान्त रहेको छ । रोल्पामा जन्मिएका गायक तथा सर्जक ओली हाल निरन्तर गित संगितमा लागी […]
घोराहीमा राप्रपाको बृहत घरदैलो कार्यक्रम सम्पन्न
भानुभक्त बस्नेत , घोराही,असार,१२- आज घोराही उपमहानगरपालिकामा राप्रपाले बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रम घोराही उपमहानगरपालिको प्रत्येक वडामा गरीएको छ । राप्रपाका मेयर पदका उम्मेद्धार डा.भोलानाथ योेगी उपमेयर पदकी उम्मेद्धार प्याउली केसीसहित राप्रपा नेपालका कार्यकर्ताको उपस्थितीमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो कार्यक्रममा अत्यधिक जनताहरु चुनावमा सहभागी हुन हतार भएको समेत […]
परियारको लय शव्दमा “परदेशी मन” बजारमा
सिर्जना बर्देवा, ओखलढुङगा,असार,१०- पछिल्लो समय लय शव्दका धनि सर्जक सुरज परियारको उत्कृष्ट लोकभाका “परदेशी मन” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै आफना सिर्जनाहरु बजारमा ल्याईरहेका सर्जक परियारको भर्खरै मात्र यो भाका बजारमा आएको हो । परदेशीको पिडालाई समेटेर तयार भएको यस लोक भाका निक्कै मार्मिक रहेको छ । नवराज तामाङ्गको प्रस्तुती रहेको यस […]










