प्रधानमन्त्रीको राजीनामा भोलिसम्ममा

काठमाडौं,जेठ,९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन्। ‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने। […]

यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम

काठमाडौं,जेठ,९-  गत १९ साउनमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे। जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे। भारतसँग विगतमा बिग्रेको सम्बन्ध प्रचण्डको कार्यकालमा सुमधुर भयो। भारतसँग विगतमा भएका सम्झौता […]

विद्यार्थी यार्सा टिप्न गए, शिक्षक म्यादी प्रहरीमा

काठमाडौ,जेठ, ९- शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन ९वैशाख, जेठ, असार महिना बन्द हुने गरेका छन्। सोही मौका छोपेर शिक्षक म्यादी प्रहरीमा भर्ना भएका हुन्। […]

राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट उत्कृष्ट मोडल ५ मा पर्न सफल बुद्धबिर

सिर्जना बर्देवा, ओखलढुंगा,जेठ,८- बाग्लुङ्गको गल्कोटमा जन्मीएका मोडल बुद्धबिर थापा अभिनय बिधाको उत्कृष्ट ५ मा पर्न सफल भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समितीको आयोजनामा भएको राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट उत्कृष्ट ५ मा पर्न सफल भएका हुन । आफैमा अब्बल,क्षमतावान मोडल थापा छोटो समयमै अत्यन्त लोक प्रिय बनेका छन । […]

उपमहानगरपालिकाको पहलमा नगरका ढल,नाला सरसफाई गरिदै

नेपालगञ्ज,जेठ,८- वर्षेनी डुवानको समस्या झेल्दै आएको नेपालगञ्जलाई डुवानरहित बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले जेसीपी पनि प्रयोगमा ल्याएको छ । डुबानबाट नगरवासीको जनधनको क्षती हुन नदिन वर्षा अगावै जेसीपीमार्फत सतही ढल, नाला र नाली सरसफाईमा तिव्रता दिइएको हो । हरेक वडामा नाली सरसफाई गर्नुपर्ने आवश्यक्ता(बाध्यता) का वीच उपमहानगरपालिकाले केही दिन यता मुख्य ढल, नाला र जाम भएका नालीहरुमा […]

चौधरी ग्रुपका एम.डी. निर्वाण चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार

काठमाडौं,जेठ, ८- चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ ले सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको विकासका लागि विशेष योगदान पु¥याए बापत चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो । निर्वाण चौधरीको नेतृत्वमा […]

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नेता महत

काठमाडौ,जेठ, ८- नेपाली काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ । बैशाख मसान्त भित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना पनि गर्नुभयो । काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउने काम गरेको आरोप पनि लगाउनु भयो ।

जेठ १५ गते पूर्ण आकारको बजेट आउछः अर्थमन्त्री

काठमाडौं,जेठ, ८- सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट आउने बताउनु भएको हो । उहाँले निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने स्पष्ट पार्नु भयो । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेट बारे छलफल गर्न आयोजित […]

चर्चित मोडल बुद्धबीर “बादलपारी गावैमा” बसाई सर्दै,

 सिर्जना बर्देवा ओखलढुंगा,जेठ,८- एक पछि अर्को गर्दै नेपाली साँगितिक बजारमा आउने एक उत्कृष्ट अभिनयका धनि अहिलेका चर्चित मोडल हुन बुद्धबिर थापा ,पछिल्लो समयमा नेपाली मोड्लिङ्ग क्षेत्रमा मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने एक सफल मोडलमा नाम आउछ थापाको, भर्खरै मात्र हजारौं दर्शक स्रोताको मनमुटुका ढुकढुकी थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै […]

दोस्रो निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा

काठमाडौं,जेठ, ८ आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनकालागि दलहरुले आन्तरिक तयारी थालेका छन् । त्यसकालागि संसदमा रहेका शीर्ष दलहरु आन्तरिक गृहकार्यमा व्यस्त भएको जनाइएको छ । उनीहरु दोस्रो चरणमा हुने ४ सय ६१ स्थानीय तहकालागि उम्मेदवार छनौटमा जुडेका हुन् । पहिलो चरणको मत परिणामबाट पहिलो स्थानमा रहेको एमालेले दोस्रो चरणका लागि […]