थाइल्याण्डमा अन्धाधुन्ध गोली प्रहार ३४ जनाको मृत्यु

काठमाडौं,असोज,२१-थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको जनाइएकाे छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको बीबीसीले जनाएको […]

आजको राशिफल ।। असोज २१ गते शुक्रवार

काठमाडौं,असोज,२१-आज विक्रम संवत २०७९ साल असोज महिनाको २१ गते शुक्रवार, (अक्टोवर ७ तारिख) अश्विन शुक्ल द्धादशी तिथी !आज विश्व मुस्कान दिवश !! आज असोज २१ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोजगीरको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ […]

सन्दीप नेपाल आईपुगे: विमानस्थलबाटै पक्राउ

काठमाडौं,असोज,२०-बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी […]

पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो

बाँके,असोज,२०-बिहिवार राती देखि परिरहेको अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ । राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा […]

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

कञ्चनपुर,असोज,२०-कञ्चनपुर जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का […]

सन्दीप बिहान १० बजे नेपाल आईपुग्ने, विमानस्थल प्रहरी अलर्ट

काठमाडौं,असोज,२०-किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । ‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु ।’

वर्षाका कारण देशभरका खोलानालामा पानीको सतह बढ्यो

काठमाडौं,असोज,२०-मनुसनी गतिविधी सक्रिय भएर बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ । चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो । आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको […]

टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं,असोज,२०-टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । […]

आजको राशिफल ।। असोज २० गते बिहिवार

काठमाडौं,असोज,२०-आज विक्रम संवत २०७९ साल असोज महिनाको २० गते बिहिवार, (अक्टोवर ६ तारिख) अश्विन शुक्ल एकादशी तिथी !आज पापांकुश एकादशी व्रत!! आज असोज २० गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं,असोज,१९-आज नेपालीहरुको महान चाड विजया दशमी! अर्थात बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाई हर्षोल्लासका साथ मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका […]