वैद्य माओवादीले पनि चुनावमा भाग लिने, चुनावी मोर्चाको नेतृत्व गजुरेलले गर्ने

काठमाडौं,चैत, १५- नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ ।पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहनु भएको छ । पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिक रुपमा भन्दा पनि […]

एसिया कप फुटबलको छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, चैत १५- एसियन कप छनोट फुटबलअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्दैछ ।फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ । फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको अपराजित प्रदर्शनको हौसला हुनेछ ।यसअघि विश्वकपको समेत छनोट मानिएको […]

वैदेशिक रोजगारी जानेका परिवारलाई पाँच रोगमा उपचार खर्च

काठमाडौँ, चैत १४- वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा […]

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो

काठमाडौं,चैत, १४ – नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौता अनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ । यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए । […]

नेपालगन्जको होटल ह्वाईट हाउसमा डिस्को कार्यक्रम हुने

रञ्जीता ढकाल (थापा) बाँके,चैत १४- नेपालगन्जको गनापुरमा रहेको होटल ह्वाईट हाउस रिजेन्सी प्रालीले  नयाँ बर्ष २०७४ को अवसरमा आगामी बैशाख १ गते वाटर डिस्को डान्स लगायतका विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल पूर्ण सञ्चालनका लागि ७० प्रतिशत काम सकिएको ह्वाईट हाउसमा मध्यपश्चिम क्षेत्रमै पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको होटलका प्रबन्धक निर्देशक भरत […]

दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग

काठमाडौं, चैत १४ – प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान–प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ द पिपुलमा सोमबार भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । उनकाअनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी […]

अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने, भोजमा ५०१ जनासम्म बोलाउन सकिने

काठमाडौं,चैत,१४ वैवाहिक समारोहमा अब बाजागाजामा संलग्न र सहयोगी समेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ ।  सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको छ । विवाहको भोजमा अब बढीमा ५०१ जनासम्मलाई आमन्त्रण गर्न […]

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

 काठमाडौं,चैत, १४- नेपाली वैदेशिक रोजगारी गएका ४३ लाख ८९ हजार जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांक उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।हत्या, बलात्कार, लागुऔषध कारोबार लगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् […]

कांग्रेस कार्यसम्पादन समिति गठन निर्वाचनमा टिकट वितरणदेखि सरकार गठन र पुनर्गठन समेतको निर्णय यो समितिले लिने

काठमाण्डौं,चैत्र १४ – शेरबहादुर देउवा सभापति निर्वाचित भएको वर्षदिन पछि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको सहमतिमा देउवाले वरिष्ठतालाई आधार मान्दै आइतबारको केन्द्रीय समितिको पूर्ण बैठकमा २२ जनाको नाम प्रस्ताव गर्नु भएको थियो, यो पारित पनि भएको हो । तर, देउवाको यो प्रस्तावमा केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका […]

घोडेजात्रा पर्व आज मनाईंदै

काठमाडौं, चैत १४ – हरेक वर्ष चैत कृष्ण औँशीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन […]