प्युठान, चैत ११- काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप प्युठानको स्वर्गद्वारीमा दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ । प्रहरी अहिले दुर्घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ ।
Images
अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै
काठमाडौं, चैत११- म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यस सम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न चार अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएकोमा अनावश्यक भन्दै अस्वीकार गरेपछि सिधै मन्त्रिपरिषद् लैजाने तयारी गर्नु […]
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत
काठमाडौं,चैत,११- प्रतिपक्षी सहित प्रमुख दलहरू सीमांकन बाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्के लगत्तै सहमतिको सम्भावना देखिएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरा सम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशन समेत दिएका छन् ।महिनौंपछि प्रतिपक्षी एमाले र मोर्चाका […]
एमाले सांसद दुलारी देवीको निधन
काठमाण्डौं, चैत ११- नेकपा एमाले की समानुपातिक तर्फकी सांसद दुलारी देवीको बिहीबार राति निधन भएको छ। भारतको बिहार, सितामढीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भई उपचाररत उनको गएराति पौने ९ बजे निधन भएको हो। उहाँको ललितपुर, ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको थियो। यही चैत ३ गते भारतको सीतामढीमा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको एमाले स्थायी […]
प्रधानमन्त्री दाहाल चीन प्रस्थान
काठमाडौं, चैत ११- प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन गएराति चीनको हैनान प्रान्तको बोआओ सहर प्रस्थान गर्नुभएको छ ।प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा पुगेका थिए । सो […]
चिनियाँ रक्षामन्त्री नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेट गर्ने
काठमाडौं, चैत्र,१० -चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदै हुनुहुन्छ । तीनदिने भ्रमणका लागि उहाँ पौने एक बजे नेपाल अवतरण गर्नुहुने भएको छ ।उहाँले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम तय भएको छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जानु हुनेछ । श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका रक्षामन्त्री चाङले आजै नेपाली […]
छुटेका दलको दबावमा मतमत्र छपाइ स्थागित
काठमाडौं,चैत, १०- निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो । नेपाली […]
स्थानीय चुनावमा सेना पनि परिचालन गर्ने सुरक्षा परिषद् बैठकको निणर्य
काठमाडौँ, चैत १०-सुरक्षा परिषद्को बुधबार भएको बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको […]
प्रधानमन्त्री दाहाल आज राति चीन जादै
काठमाडौं, चैत १०- प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको वातावरण मिलाइएको छ […]
नयाँ शक्ति पार्टीको ‘हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान’ सुरु
काठमाडौं, चैत ९ – नयाँ शक्ति पार्टी नेपालले बुधबारदेखि हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान सुरु गरेको छ । सबै ठाउँलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधनमार्फत तोकिएकै मितिमा चुनाव गर्न वातावरण बनाउन दबाव दिने उद्देश्यसहित नयाँ शक्तिले सिरहाको लहानबाट अभियान सुरु गरेको हो । सिरहाको लहानमा भएको कार्यक्रममा नयाँ शक्तिका […]










