कञ्चनपुर,चैत, १२ – कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ । गृहमन्त्री बिमलेन्द्र निधिले गौतमको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गर्नुभयो। उहाँले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई […]
Images
सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादकः संयोजक यादव
काठमाडौं, चैत १२ – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ । काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहनु भएका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताउनुभयो । उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै […]
६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता
काठमाडौं, चैत १२ – आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ६४ जिल्लामा मतदान केन्द्र तोक्दै झन्डै २० जिल्लाका लागि मतपत्रसमेत छपाइसकेको छ ।७५ जिल्लामा मतदान केन्द्र तोकिएसँगै अन्तिम मतदाता नामावली पनि टुंगो लगाउने तयारी आयोगले गरेको छ । आगामी वैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख […]
कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न
कोहलपुर,चैत्र १२- ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता […]
नेपालगंज भ्रष्टाचारको मुल केन्द्र हो :धवलसमशेर राणा
मधुपौडेल बाके,चैत्र १२- नेपालगंज उपमहानगरपालिका भ्रष्टाचारको मुल केन्द्र भएको एक कार्यक्रममा बताईएको छ ।शिव पार्वती एवं काली माता मन्दिर साविकको २४ बडा र हालको १८ को दोस्रो साधारण सभामा बोल्दै राप्रपाका केन्द्रिय महामन्त्रि एवं तत्कालिन नेपालगंज नगरपालिका मेयर धवलसमशेर राणाले उक्त कुरा बताउनु भएको हो । साधारण सभामा प्रमुख अतिथिका रुपमा उपस्थिति हुनु भएको महामन्त्रि […]
स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा
काठमाडौं, चैत १२- स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या […]
आरआर क्याम्पसमा चैत १५ गते स्ववियु चुनाव हुने
काठमाडौं, चैत १२- रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा आउँदो मंगलबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते चुनावका लागि मिति तोकिएको क्याम्पस/प्रशासनले जनाएको छ । गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण हुन नसकेपछि आउँदो मंगलबारका लागि तय गरिएको हो ।सर्वोच्चले चुनाव गर्न आदेश […]
सीके राउतलाई पाँचौपटक म्याद थप
काठमाडौं,चैत, १२ –राज्यविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त ९सीके० राउतलाई सिरहा अदालतले शुक्रबार पाचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते दस दिनसम्म थुनामा राख्ने आदेश […]
तीन करोडभन्दा बढी मूल्य बराबरको विदेशी मुद्रासहित चार थाइ महिला पक्राउ
काठमाडौं, चैत ११ – नेपालबाट ठूलो परिमाणमा विदेशी मुद्रा लिएर जान लागेका चारजना थाइ महिलालाई प्रहरीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।ती महिलाहरुबाट ३ करोडभन्दा बढी नेपाली रुपैयाँ मूल्य बराबरको विभिन्न देशका विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई लाख ८६ हजार एक सय ६२ अमेरिकी डलर, दुई लाख […]
मधेसी मोर्चासँग सहमति भई सहजरुपमा चुनाव हुन्छ: उपप्रधानमन्त्री महरा
रोल्पा, चैत ११- उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति हुने दाबी गर्नुभयो । आजरोल्पाको लिवाङमा सन्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन लगायतका विषयमा मधेसी मोर्चासँग सहमति हुने र सहजरुपमा स्थानीय तहको चुनाव हुने दाबी गर्नुभयो । प्रदेश सीमांकनको विषयलाई पछि टुंग्याउने गरी मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि मन्त्री महराले बताउनुभयो […]










