खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड

बाँके,माघ १७-बाँकेको खजुरामा जारी महोत्सवमा बोटिङ्ग गर्नेहरुको भिड लागेको छ । बर्दियाको कर्णालीमा मात्र संचालन रहेको बोटिङग खजुरा महोत्सवमा संचालन भएपछि भिड लागेको हो । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृषि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सव २०७३ […]

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्तरमै आलोचित

एजेन्सी,माघ १७ -शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ ।अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको निर्णय कार्यान्वयन नगराउन […]

मधेसी मोर्चासँगको बालुवाटार बैठक अनिर्णित, बुधबार फेरि बस्ने

काठमाडौं, माघ १७-प्रमुख सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक बिना निर्णय सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा मधेसी मोर्चाले स्थानीय तहको संख्याको विषय प्रमुखताका साथ उठाएको थियो।संविधान संशोधनलाई प्रमुख विषय बनाउँदै आएको मोर्चाले यसपटक भने स्थानीय तहको संख्याका विषय अघि सारेको हो।जनसंख्याको अनुपातमा स्थानीय तह पनि हुनुपर्‍यो, मधेसमा जनसंख्या ५२ प्रतिशत छ भने […]

कर्णाली जेसिजको अध्यक्षमा शाही

कालिकोट,माघ १७-कालिकोट–कर्णाली जेसिज कालिकोटको चौथो अधिवेशनले साबित्री शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले शाहीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनले कार्यकारी उपाध्यक्षमा बिस्नप्रसाद न्यौपाने र गणेश रिजाललाइ चयन गरेको छ भने चारजना उपाध्याक्षहरु मधु शाही, बिष्णुकान्त प्याकुरेल, नवराज बुढा, प्रेमप्रकाश शाहीलाई छानेको छ । त्यस्तै महासचिवमा शुमन बम […]

सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय निर्वा्चित

काठमाण्डौं,माघ १७- सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वा्चित हुनुभएको छ । समितिको सोमबार भएको निर्वाचनमा माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वा्चित हुनुभएको हो । उहाँले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । सत्तापक्ष राप्रपाले भने एमाले उम्मेदवार चौलागाईंलाई मत दियो । माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक

काठमाण्डौं,माघ १६-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ।२०७४ सालको वार्षिक […]

संविधान कार्यान्वयन गर्न सहिदको सपना प्रेरणादायीः प्रधानमन्त्री

काठमाडौं, माघ १६-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनु भएको छ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदको योगदान सधैँ स्मरणीय रहने […]

अमेरिकामा ट्रम्पको आदेशलगत्तै विमानस्थलबाटै शरणार्थी पक्राउ

एजेन्सी, माघ १६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाटै शरणार्थी पक्राउ गरिएको छ ।न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अख्तियार गरेका छन् । ट्रम्पको आदेशलगत्तै जोन एफ केनेडी विमानस्थलबाट दुई इराकी शरणार्थीलाई हिरासतमा लिइएको हो ।जसमध्ये एक जना अमेरिकी सेनाका लागि अनुवादकको काम गर्दथे । […]

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, माघ १६ –आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाईंदै छ ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति […]

संविधान संशोधन नभए चुनावमा नजाने सहमहामन्त्री मिश्रको भनाई

बाँके,माघ १६-संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री पशुपती दयाल मिश्रले बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा वहसमा आज कुराकानी गर्दै मिश्रले अधिकार प्राप्त नभए सम्म विकासका कुरा गरेर सम्भव नहुने बताउनुभयो । बलजफती चुनावमा गए आफूहरु आन्दोलनमा जाने र देश झन समस्यामा पर्ने उहाँले बताउनुभयो । […]