संविधान संशोधन नभए चुनावमा नजाने सहमहामन्त्री मिश्रको भनाई

बाँके,माघ १६-संविधान संशोधन नभईकन चुनावमा जान नसक्ने तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री पशुपती दयाल मिश्रले बताउनु भएको छ । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा वहसमा आज कुराकानी गर्दै मिश्रले अधिकार प्राप्त नभए सम्म विकासका कुरा गरेर सम्भव नहुने बताउनुभयो । बलजफती चुनावमा गए आफूहरु आन्दोलनमा जाने र देश झन समस्यामा पर्ने उहाँले बताउनुभयो । […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

कठमाण्डौं,माघ १५-त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ […]

माइती नेपालकी संस्थापक अनुराधालाई भारतको पद्मश्री सम्मान

काठमाडौं, माघ १३-माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ ।काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् । कोइरालाले […]

गणतन्त्र दिवसमा,भारतले नेपाललाई २० एम्बुलेन्स र ४ बस उपहार दियो

काठमाडौं, माघ १३– भारतले आज आफ्नो ६८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले समेत विभिन्न कार्यक्रम गरेको छ । दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ । त्यसैगरी […]

३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा

काठमाण्डौँ, माघ,१३ –  सरकारले ३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराती उनीहरुको सरुवा गरिएको जनाइएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको सहमतिमा ३९ जना एसएसपीहरुको सरुवा गरिएको हो ।यसरी सरुवा हुनेमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उहाँको ठाउँमा दिनेश […]

२५० युवाहरु नेपाली काँग्रेसमा प्रवेस

मधु पौडेल बाँके,माघ १२ –नेपाली काँग्रेसमा आज २५० युवाहरुले पार्टी प्रवेस गरेका छन् । नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस २ मा गरेको वडाभेलामा २ सय ५० युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्लले बताउनुभयो । उहाँले जुरामा पनि […]

पोखरामा जारी आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल खेल हुदै

काठमाडौ, माघ १२ –पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ । आर्मी झापा ११ लाई […]

राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट डा. लोहनीले जिम्मेवारी सम्हाल्दै

काठमाडौँ,माघ  १२-राप्रपाको चक्रीय प्रणालीअनुसार आजबाट डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।यसअघि साउन ११ देखि अध्यक्ष हुनुभएका पशुपतिशम्शेर जबराको समयावधि मंगलबारबाट सकिएपछि लोहनीले स्वत अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।राप्रपा पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिले चक्रिय प्रणली अनुसार पार्टीको अध्यक्षमा तीन नेताले नेतृत्व गर्ने सहमती […]

सरकारी वकिलहरु आजदेखि बहसमा सामेल हुने

काठमाडौ,माघ  १२-उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बहस बहिस्कार गरेका सरकारी वकिलहरु आजदेखि काममा फर्किने भएका छन् ।उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गर्दा सरकारी वकिलबाट जम्मा एकजना मात्रै परेकोमा विरोध जनाउलै सरकारी वकिलले गत आइतबारदेखि सर्वोच्च अदालत लगायत मुलुकभरका अदालतमा बहस बहिष्कार गर्दै आएका थिए । न्यायपरिषदले आगामी दिनमा न्यायाधिश नियुक्तिमा सरकारी वकिललाई प्राथमिकता […]

सरकारले फागुनमा खोप अभियान सञ्चालन गर्ने

काठमाडौ,माघ, १२  –सरकारले आगामी फागुनमा मुलुकका १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ अभियान सञ्चालन गर्ने भएको छ । फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको बालस्वास्थ्य महाशाखा अन्तरगत खोप शाखाले जनाएको छ ।नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो […]