काठमाण्डौँ, माघ,१३ – सरकारले ३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराती उनीहरुको सरुवा गरिएको जनाइएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको सहमतिमा ३९ जना एसएसपीहरुको सरुवा गरिएको हो ।यसरी सरुवा हुनेमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उहाँको ठाउँमा दिनेश […]
Images
२५० युवाहरु नेपाली काँग्रेसमा प्रवेस
मधु पौडेल बाँके,माघ १२ –नेपाली काँग्रेसमा आज २५० युवाहरुले पार्टी प्रवेस गरेका छन् । नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस २ मा गरेको वडाभेलामा २ सय ५० युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्लले बताउनुभयो । उहाँले जुरामा पनि […]
पोखरामा जारी आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल खेल हुदै
काठमाडौ, माघ १२ –पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ । आर्मी झापा ११ लाई […]
राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट डा. लोहनीले जिम्मेवारी सम्हाल्दै
काठमाडौँ,माघ १२-राप्रपाको चक्रीय प्रणालीअनुसार आजबाट डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।यसअघि साउन ११ देखि अध्यक्ष हुनुभएका पशुपतिशम्शेर जबराको समयावधि मंगलबारबाट सकिएपछि लोहनीले स्वत अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।राप्रपा पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिले चक्रिय प्रणली अनुसार पार्टीको अध्यक्षमा तीन नेताले नेतृत्व गर्ने सहमती […]
सरकारी वकिलहरु आजदेखि बहसमा सामेल हुने
काठमाडौ,माघ १२-उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बहस बहिस्कार गरेका सरकारी वकिलहरु आजदेखि काममा फर्किने भएका छन् ।उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गर्दा सरकारी वकिलबाट जम्मा एकजना मात्रै परेकोमा विरोध जनाउलै सरकारी वकिलले गत आइतबारदेखि सर्वोच्च अदालत लगायत मुलुकभरका अदालतमा बहस बहिष्कार गर्दै आएका थिए । न्यायपरिषदले आगामी दिनमा न्यायाधिश नियुक्तिमा सरकारी वकिललाई प्राथमिकता […]
सरकारले फागुनमा खोप अभियान सञ्चालन गर्ने
काठमाडौ,माघ, १२ –सरकारले आगामी फागुनमा मुलुकका १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ अभियान सञ्चालन गर्ने भएको छ । फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको बालस्वास्थ्य महाशाखा अन्तरगत खोप शाखाले जनाएको छ ।नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो […]
बाँकेमा ५५ प्रतिशत योजनाहरुको सम्झौता: जेष्ठ १५ भित्रै सबै योजनाहरु पुरा गरिसक्ने लक्ष्य
बाँके,माघ ११-जिविस बाँकेले आर्थिक वर्ष २०७३–७४ सुरु भएको ६ महिना पुग्नै लाग्दा बरिब ५५ प्रतिशत विकासका योजनाहरुको सम्झौता गर्ने काम सकिएको छ । जिविस अन्तर्गत छनौट भएका योजनाहरुको सम्झौता गर्ने काम अहिले द्रुत गतीमा भइरहेको बाँँकेका स्थानिय विकास अधिकारी हरी प्याकुरेलले जानाकरी दिनुभएको छ ।अहिलेसम्म करिब १० प्रतिशत आयोजनाहरुको सम्झौता भएर काम पनि सुरु भइसकेको […]
नेपालमा खेतीयोग्य जमिन २० प्रतिशत पनि राम्रो छैन: मन्त्री गिरी
दाङ,माघ ११- सिँचाइमन्त्री दीपक गिरीले नेपालको खेतीयोग्य जमिनको २० प्रतिशत पनि जमिनमा सिँचाइको पहुँच राम्रो नभएकाले सिँचाइ परियोजना सञ्चालन गर्न लागिएको बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खेतीयोग्य जमिनमा दिगो सिँचाइ व्यवस्थापनका लागि सरकार प्रयत्नरत छ भन्नुभयो । दाङमा पर्याप्त सिँचाइ सुविधा […]
सभापति देउवाद्धारा लौहपुरुष गणेशमानको शालिक अनावरण
बाँके,माघ ११-पूर्व प्रधानमन्त्री एबम नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले आज नेपालगन्ज स्थित सुर्खेतमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ । सो अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका […]
बिद्युत चोरी गर्ने ६ जना पक्राउ
बाँके,माघ ११-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिईको छ । बिद्युत चुहावट हुने क्षेत्रहरुमा प्राधीकरणले साउन महिनादेखि निगरानी बढाउन सुरु गरेको हो । सोमबार बिहान वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान टोलीले बाँकेको बेलहरी र मनिकापुरबाट बिद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । ८० हजार जरिमाना गरेर उनीहरुलाई छाडिएके […]