एभरग्रीनको वार्षिक उत्सवमा दर्शकलाई नचाए गायक थापाले

अछाम,फाल्गुन, २-एभरग्रीन पब्लीक स्कुल साँफेबगर अछामको नौं औं वाषिक उत्सव भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ । एभरग्रीन पब्लीक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष रेवन्त ठकुल्लाको सभापतिमा भएको कार्यक्रममा अछाम जिल्ला क्षेत्र नं. १ का पूर्व माननिय सभासद शेर बहादुर कुँवरको प्रमुख अतिथी रहनु भएको थियो । यस्तै विशिष्ट अतिथीमा साँफेबगर नगरपालीकाका कार्यकारी अधिकृत खेमराज कोइराला […]

टिकापुरमा प्रहरीको गोली लागि एकजना गम्भीर घाइते

विरेन्द्र जैसी टिकापुर,फल्गुन २-कैलालीको पथरैया गाविस वडा नं. ६ मा प्रहरीको गोली लागि एकजना गम्भीर घाइते भएका छन् । काठ तस्करबाट आक्रमण भई सामान्य घाइते भएका प्रहरीलाई जोगाउन गएको युवाहरुको समुहमाथि प्रहरीले गाली चलाउँदा स्थानिय युवक वीरेन्द्र जैसी गम्भीर घाईते भएका हुन् । उनको कोखामा गोली लागेको छ । उपचारका लागि टिकापुर अस्पताल पु¥याइएका जैसीलाई […]

महेन्द्र बहुमुखीको स्ववियू निवार्चन अनिश्चित

बाँके,फल्गुन २-बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्वतन्त्र विद्यर्थी यूनीयन स्ववियू को निर्वाचन अनिश्चित भएको छ । निर्वाचन कार्यालय र लेखा शाखामा विभिन्न ४ विद्यार्थी संगठनले लगाएको ताला नखुलेपछि स्ववियू निर्वाचन अनिश्चित भएको हो । निर्वाचन मिति सार्नु पर्ने माग गर्दै विप्लव माओवादीको विद्यर्थी संगठन अखिल क्रान्तीकारीले निर्वाचन कार्यालयमा ताला लगार्एपछि आईतबार हुने भनेको स्ववियू निर्वाचनको […]

स्ववियु चुनावको प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौं, फागुन १ – यही फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन आइतबार मतदाता नामावली प्रकाशन गरिने कार्यसूचि छ । नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको […]

बाँकेको टिहिरिया बालमैत्री गाविस घोषणा

  बाँके,फाल्गुन १-बाँकेको टिहिरिया गाविसलाई बालमैत्री गाविस घोषणा गरिएको छ । विभिन्न सूचकहरुमा उत्कृष्ट रहँदै टिहिरिया गाविस बाँकेको पहिलो बालमैत्री गाविस घोषणा बनेको हो । २०६८ देखि सुरु भएको बालमैत्री अभियानले शनीबार सार्थकता पाएको हो । संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले टिहिरिया गाविसलाई बालमैत्री गाविस घोषण गर्नुभएको हो । टिहिरिया गाविस देशकै […]

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण, विश्वको आग्रह अस्वीकार

एजेन्सी, फागुन १ –उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ ।यद्यपि, सो मिसाइल कति क्षमतासम्म मार हान्न सक्ने हो भन्ने खुलाइएको छैन । उत्तर कोरियाका राष्ट्रपति किङ जोन उनले गत जनवरीमा आफनो राष्ट्रले लामो दूरीको क्षेप्यास्त्र प्रहार […]

अवका खेल खेल्नेका लागि मात्र नभई व्यवसायी हुन्छ: अध्यक्ष ओली

मधु पौडेल बाँके,माघ २९-अवका खेलाडि खेल्नेका लागि मात्र नभई व्यवसायी हुने पर्दछ भन्ने कुराको उदघोष दैलेखको सिता जन सहयोग मावि अवलपराजुली मा मध्येपश्चिमका क्षेत्रिय अध्यक्ष भिम ओलीले  बताउनु भएको छ । खेलकुद विकास समिति दैलेखको आयोजनमा क्षेत्रिय अध्यक्ष वली आइतबार नवौ राष्ट्रपतीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न  दैलेख पुग्नु भएको थियो । दैलेखी जिल्लाको अवलपराजुली […]

मन्त्री पाण्डले लगाए नेपालगन्जको सडकमा झाडु

बाँके,माघ २९-नेपालगंजमा गरिदै आएको साप्ताहिक सरसफाई कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालगन्जको सडकमा आज झाडु लगाउनु भएको छ । उहाँले पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्मको सडकमा झाडु लगाउनुका साथै फोहर संकलन गर्नुभयो ।मन्त्री पाण्डेले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा विभिन्न राजनीतिक दलले टाँसेको पम्पलेट उखेलेर फल्नु भएको थियो । त्यसपछि […]

मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सब आज पनि जारी

रोशन घर्ती दाङ,माघ २९-घोराही नवलपुरमा जारी मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबमा आज पनि बिभिन्न कार्यक्रमहरु भएका छन् । बढ्दो लागु औषध प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउने उद्देश्यले नवलपुरमा महोत्सबको आयोजना गरिएको हो । लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा सहयोग पु¥याउने उद्देश्यले नव जागरण नेपाल दाङको […]

सडक विस्तारका लागि भन्दै घोराहीका केही स्थानहरुमा बिद्युत काटौती

रोशन घर्ती दाङ,माघ २९-सडक विस्तारका क्रममा बिद्युतको पोलहरु सार्नु पर्ने भएपछि घोराही र आसपासका गाउँका केही स्थानहरुमा बिद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका अनुसार मेनरोडमा विद्युतका पोलहरु हटाउनु पर्ने भएका कारण बिद्युत लाईन काटिएको हो । घोराहीको तुलसीपुर चोकदेखि पुर्वीक्षेत्रमा विद्युत काटिएको केन्द्रले जनाएको छ । दिनभरी विद्युत लाइन काटिएपछि करिव […]