बाँके,मंसिर २९ –बाँकेको मटेहियामा उत्पन्न अनपेक्षित तनावपछि आज नेपालगंजमा सद्भावप्रती चिन्ता व्यक्त गरिएको छ । मटेहिया घटनापछि मंगलबार नेपालगंजमा स्थानीय प्रशासन,विभिन्न संघ संस्था,राजनीतीक दलले सामाजीक सद्भाव खल्बलीन नदिन आग्रह गरेका छन् । उनीहरुले मिलेर बसेको समुदायमा खल्बलाउन खोज्नेहरुलाई कानुनी कारवाहिको दायरामा ल्याउन माग गरेका छन् । समाजीक सदभाव कायम राख्ने उद्देश्यले मंगलबार जिल्ला प्रशासन कार्यालय […]
Images
निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनको आज मतदान हुँदै
बाँके मंसिर २९-नेपालगंजमा जारी निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाअधिवेशन अन्तर्गत बुधबार बाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । २७ सदस्यीय सचिवालय सहित १ सय ११ सदस्यीय केन्द्रिय समितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरे र वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाबीच अध्यक्षतामा प्रतिष्पर्दा हुदैंछ । मोहनकुमार घिमिरेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा […]
एमालेले जनतालाई भ्रमित बनायो : पौडेल
तनहुँ मंसिर २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जनतालाई भ्रमित बनाएको आरोप लगाउनुभएको छ । शनिबार तनहुँमा ब्यास नगरपािलकाको बहुउद्देशीय भवनको उद्घाटन गर्दै पौडेलले संविधान संशोधन प्रस्तावको विरोध गरेर एमालेले जनतामा भ्रम छरेको आरोप लगाउनुभयो । संविधान कार्यान्वनका लागि तीन ठूला दल मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।
संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने : प्रचण्ड
काठमाण्डौ, मंसिर २५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने बताउनुभएको छ संविधान संशोधनमार्फत कार्यान्वयनको चरणमा गएको मानवअधिकारका मान्यतालाई पनि कार्यान्वयन गर्न सहयोग गर्ने उहाँको भनाई छ । ६८औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधन पनि कार्यान्वयनको एक भाग रहेकाले संशोधनमार्फत सबैलाई […]
व्यवस्थापिका संसदको बैठक आज दिउसो १ बजे बस्दै
काठमाडौं, मंसिर २२ – व्यवस्थापिका संसदको बैठक आजलाइ डाकिएको छ ।संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजेका लागि बैठक बोलाईएको वैठकमा आजपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने या नलगाउने भन्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।आयोगका प्रमुख आयुक्त माथि सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले प्रस्ताव दर्ता गरेका […]
बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने
बाँके,मंसिर २२-खेलकुद मन्त्री दलजित श्रीपाईलीले बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने बताउनु भएको छ । मंगलबार कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको हो । उहाँले स्थानीय ब्याटमिन्टन कोट पनि निरीक्षण गरेको मध्यपश्चि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री दाहाल राप्ती नदीको पुल शिलन्यास गर्न आज दाङ आउदै
दाङ,मंसिर २२-राप्ती नदीको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दाङको देउखुुरी आदैहुनुहुनछ । पुलले पूर्व पश्चिम राजमार्गमा पर्ने सिसनियाँ गाविस र कालाकोट गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महादेव गाउँलाई जोड्ने छ । राप्तीमा पुन बन्ने भएपछि गोबरिया र सिसनिया गाविसका बासिन्दा खुस िदेखिएका छन् । तर पुल शिलान्यास कार्यक्रममा दाङ आउन लाग्नु भएका […]
झलारीमा ठगी गर्ने विरुद्ध १६ जनाको उजुरी
होम योगी कञ्चनपुर,मंसिर २१-विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा झलारीमा रहेको सिनियर केयर सेन्टरका साखा प्रबन्धक हेमन्ती चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ । विभिन्न प्रलोभनमा ३५ लाख रूपयॉ ठगी गरेको भन्दै चौधरी विरुद्ध १६ जनाको उजुरी परेको प्रहरिले जनाएका छ । चौधरीले राम्रो काममा लगाइ दिने , वैदेशिक रोजगारीमा पठाइ दिने […]
विज्ञानतर्फ तीनवर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित
काठमाण्डौं,मंसिर २१-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npर www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा […]
कपिलवस्तुमा आन्दोलनको स्वरुप बुधबार देखि परिवर्तन हुने ।। सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति ।।
अराज सिंह बेल्बासे कपिलवस्तु मंसिर २१- प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप बुधबारदेखि परिवर्तित हुने भएको छ । कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा मंगलबार बसेको संयुक्त वैठकले एक साता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एक सातादेखि […]










