अराज सिंह बेल्बासे कपिलवस्तु ,मंसिर २१-नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको अवस्थाबाट देशलाई निकास दिन तराईमा २ प्रदेश हुनेगरी राज्यपुनरसंरचना गर्नूपर्ने बताउनु भएको छ ।नेपाल प्रेस सोसाइटि कपिलवस्तुले तौलीहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाले लगायतका दल ले पंञ्चायतकालिन संरचना फेरबदल गर्नु हुँदैन भन्दै आन्दोलन गर्नु गलत रहेको दाबि गर्नु भएको हो । […]
Images
१६ दिने लैंगिक हिंसा विरद्ध अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न
नेपालगन्ज २१ मंसिर-१६ दिने लैंगिक हिंसा विरद्धको अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैगिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बाँके जिल्ला भित्र मानव बेचबिखन विरुद्धको लागि गठन भएको महिला समूहहरुको लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । […]
कक्षा ११ आंशिकको नतिजा सार्वजनिक ,४२ हजार ७ सय ९९ जना मात्र उत्तीर्ण
काठमाण्डू,मंसिर २१- कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठमा सञ्चालित परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् । […]
नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न थारु कल्याणकारी सभाको माग
नवलपरासी,मंसिर २१- नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो । थारुकल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले […]
प्रधानमन्त्री दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे बीचभेट वार्ता
काठमाण्डु,मंसिर २१-प्रधानमन्त्री पुष्पकमल दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्का बीचभेट वार्ता भएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा […]
कपिलवस्तुमा सातौदिन पनि विरोधका कार्यक्रम निरन्तर, तौलीहवामा लगाएको निषेधाज्ञा भने हट्यो
अराज सिहं बेल्बासे कपिलवस्तु मंसिर २१- प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा कपिलवस्तुका राजनितिक दलले आज सातौदिन पनि विरोधका कार्यक्रमलाइ निरन्तरता दिएका छन् । आफना माग पुरा नहुंदासम्म आन्दोलन जारी रहने बताउंदै सर्बदलिय बैठकले सघर्ष समिति नै बनाएर दैनिक जिल्लाका विभिन्न ठाउंमा अनिश्चितकालीन कपिलवस्तु बन्द लगायत विरोधका कार्यक्रम गदैं आएका छन् । बन्दको […]
बाँकेमा प्रधानमन्त्री कृषि परियोजना सञ्चालनमा
बाँके,मंसिर २१ –प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाले बाँकेमा आफ्नो काम सुरु गरेको छ । दिगो विकासका लागि आत्मर्निभर तथा व्यवसायीक कृषिको विकास गर्न परियोजनाले यसैसाता जिल्ला कृषि विकास कार्यालयमा पत्र पठाएर कामको सुरुवात गरेको हो । कृषि मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री मृषि औद्योगिककरण परियोजना १० वर्षे कार्यक्रम भएको कार्यालय प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । उक्त परियोजनाका […]
सडकमा गजल बाचन सम्पन्न
इन्द्र कार्की कैलाली,मंसिर २० –गजल वाचन भन्ने वित्तीकै कुनै भव्य सभा समारोह वा स्टेज सम्झनु भयोहोला । तर धनगढीमा भने यसपटक फरक शैलीमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । न त कुनै झकिझकाउ स्टेज अनी साधारण शैलीमा धनगढीको पार्क रोडको सडक छेउमा गजल वाचन कार्यक्रमको आयोजना गरिएको हो ।साहित्यको एक महत्वपुर्ण विधा गजल बारे […]
नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै , प्रेस युनियनद्वारा तालाबन्दी
बाँके,मंसिर २० –नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै आज संघको कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघले एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस युनियन बाँकेले आज तालाबन्दी गरेको हो । कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई कुनै वास्ता नगरि बहुमतको आडमा राम्रा लाई भन्दा आफ्नालाई महासंघको सदस्यमा […]
फोरम लोकतान्त्रिकका उपाध्यक्षसहित तीन सयले दिए राजीनामा नयां शक्त्ती नेपालमा प्रबेश
अराज सिहं बेल्बासे कपिलवस्तु, मंसिर २० –मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। आइतबार कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गरी उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरे। पत्रकार सम्मेलनमा उनले अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउदै स्वेच्छाचारी ढंगले पार्टी चलाएको आरोप लगाए। […]










