आज अर्थमन्त्रीले बजेटमाथी उठेका प्रश्नको संसदमा जवाफ दिने

काठमाडौं,जेठ,२०-प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् । गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त […]

आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बिक्रि खुला

काठमाडौं,जेठ,२०-बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा […]

१७९ तोला चाँदीका गहनासहित एक जना भरतपुरबाट पक्राउ

चितवन,जेठ,१९-चितवनमा ठूलो परिमाणमा चाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका  वडा नं. ११ स्थायी ठेगाना  भई हाल जिल्ला नवलपरासी ( पूर्व ) गैंडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कुमार बि.क.रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडबाट उनी पक्राउ परेका थिए […]

इटालीलाई हराउदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं,जेठ,१९-अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी […]

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं,जेठ,१८- सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन्।नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिक हवाई उडानहरू प्रभावित भएका हुन् । माउन्टेन फ्लाइटहरू बुधबार हुन […]

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं,जेठ,१८-झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानको टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बुद्ध एयरको […]

तारा एयर दुर्घटनामा परेका २२ जनाकै शव र ब्ल्याकबक्स फेला

काठमाडौं,जेठ,१७-मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतवार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ ।  तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतवार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी […]

तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो

काठमाडौं,जेठ,१७-पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ।दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो । बिहानको सयममा निकै […]

कक्षा १२ को परीक्षा आजदेखि शुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी

भक्तपुर,जेठ,१६-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु गरेको छ ।  आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करीब चार लाख १५ […]

तारा एयरको विमान दुर्घटनाः शव संकलन गरी काठमाडौं ल्याइने

काठमाडौं,जेठ,१६-आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मानापाथी हिमालको फेदीमा विमान दुर्घटना भएको हो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । । स्थानीयले खबर गरेपछि हेलिकप्टरबाट दूर्घटना स्थल पुगेको […]