चिनियाँ सामानको भाउ नबढ्ने

काठमाडौं,जेठ,१०-चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ […]

कैलालीको भजनीको कृष्णपुर क्षेत्रका खेतमा झुलेको चैते धान

कैलाली,जेठ,७-कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । बर्खे धानभन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिंचाईको कमीले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन भने सकेको पाइदैंन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट […]

पोखरामा मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा

पोखरा,जेठ,७-पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएको छ। उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो।उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेर पछ्याई रहनुभएको छ। त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत प्राप्त […]

स्थानीय निर्वाचन : ६ सय १७ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं,जेठ,६-स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी […]

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु

काठमाडौं जेठ,५- सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको […]

अरुण-४ निर्माण गर्न सतलज जलविद्युत् निगमसँग सम्झौता, नेपालले १५२ मेवा विद्युत् निःशुल्क पाउने

काठमाडौं,जेठ,२-संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको  सतलज जलविद्युत् निगम बीच समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । […]

आज २५६६औं बुद्ध जयन्ती, गौतम बुद्धको आराधना, प्रवचन गरी मनाइँदै

काठमाडौं,जेठ,२-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सोमवार भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका […]

काठमाडौंमा ६ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं,जेठ,२-काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो ।बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो । काठमाडौं […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउदै

काठमाडौं,जेठ,२-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत प्रधानमन्त्री शेरबहादुर […]

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं,जेठ,१-निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–