आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

काठमाडौं,बैशाख,२७-काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको […]

एमालेले लगाएको ६७ बुँदे आरोपको कांग्रेसले प्रतिवाद गर्दै

काठमाण्डौं,,बैशाख,२६-सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ।  एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो।  कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण […]

राष्ट्रपतिद्वारा आगामी जेठ ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं,बैशाख,२६-राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाउनुभएको हो । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।   सोही […]

रुसी सेनाले युक्रेनको एक विद्यालयमा आक्रमण गर्दा ६० जनाको मृत्यु

काठमाडौं,बैशाख,२६-युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेको एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा युद्ध जारी […]

जापानको फुकुओकामा नेपाली फिल्म “कबड्डी ४” प्रदर्शन हुने

फुकुओका,जापान,२६-नेपाली फिल्म ‘कबड्डी ४’ जापानमा प्रदर्शन हुने भएको छ।फिल्म यहि “जुन ४ तारिख” शनिबारका दिन फुकुओकामा रहेको आकासाका हलमा लाग्ने भएको छ ।    फुकुओकामा रहेको नेपालीहरुको समुह “ढिला आयो कडा आयो” को आयोजनामा ‘कबड्डी ४’ फिल्म प्रदर्शन हुन लागेको हो ।लामो समयपश्चात फुकुओकामा रहेका नेपालीहरुले प्रवासमा हलमै गएर टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली फिल्म  “कबड्डी ४” […]

आयोगले सोध्यो सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं,बैशाख,२५-निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ । सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरेका थिए । सो आग्रह निर्वाचन आचार संहिता विपरित भएको भन्दै त्यसलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । […]

एमालेले मधेशका नागरिकमा भ्रम छर्ने प्रयास गरेको प्रचण्डको भनाई

काठमाडौं,बैशाख,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहाका क्रममा जनकपुुर पुगेका अध्यक्ष प्रचण्डले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताउनुभयो । अहिले एमालेले सामन्ती र […]

जिम्बावे ‘ए’ टिमले नेपाललाई दियो ८८ रनको विजयी लक्ष्य

काठमाडौं,बैशाख,२४-पाहुना टोली जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई विजयीका लागि मात्र ८८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ टिमले ३१ ओभर १ बलमा मात्र ८७ रनमा अलआउट भयो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । […]

स्थानीय तह निर्वाचन : आज सबै जिल्लामा मतपत्र पुग्छ :आयोग

काठमाडौं,बैशाख,२३-निर्वाचन आयोग नेपालले आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख २३ गते आज (शुक्रबार) सम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी […]

ओली महागफाडी हुन् गफमा विद्यावारिधि गरेका छन् झुक्याउन् :अध्यक्ष नेपाल

चितवन,बैशाख,२२-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली ‘वयलगाडा दर्शन’ का प्रवर्तक रहेको बताउनु भएको छ । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै नेपालले केपी ओलीले भ्रम र गफको खेती गर्ने नेता रहेको बताउनु भएको हो। ‘केपी ओलीज्यूको बखान गर्न जरुरी छैन । हजार जीव्रा भएका शेष नागको व्याख्या गर्न सकिदैन । उनी […]