रेनुको टीमलाई जिताए गठबन्धन १५ वर्ष जान्छ, नत्र दुर्घटना हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं,बैशाख,२२-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जाने बताउनुभएको छ । चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरमा रेनु दाहाललको टीमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताउनुभयो । ‘रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ,’ उहाँले भन्नुभयो, ‘चितवनमा कांग्रेसको भोट माओवादीमा ट्रान्सफर […]

थपिए १७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं,बैशाख,२२-नेपालमा विगत २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ३७६ पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु […]

भरतपुरमा गर्व गर्ने गरी काम गरेकी छु : रेनु दाहाल

काठमाडौं,बैशाख,२२-चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले भरतपुरमा ५ वर्षमा गर्व गर्नेगरी आफूले काम गरेको बताउनु भएको छ । सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार बन्नु भएकी दाहालले गठबन्धनद्वारा बिहिबार भरतपुरमा आयोजित चुनावी सभामा यस्तो बताउनु भएको हो । उहाँले भरतपुरमा विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट चुनावी मैदानमा […]

भाइरल बनेका रेग्मी ‘म्यादी प्रहरी’ नै नभएको खुलासा, पोसाक दिने पनि नियन्त्रणमा

कपिलवस्तु,बैशाख,२२-प्रहरीले नियन्त्रणमा लिएको ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताउनुभयो। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। ‘दुई जनाले सल्लाह गरेरै […]

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौं,बैशाख,२२-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।   बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।   पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६-५ ले विजयी भयो । खेलको ७३ […]

सत्तारुढ गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै

काठमाडौं,बैशाख,२२-सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा

काठमाडौं,बैशाख,२१-जुम्लामा स्याउका बिरुवा विक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रू. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा विक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।  बुढालाई जस्तै तातोपानी गाउँपालिकाका […]

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काठमाडौं,बैशाख,२१-काभ्रेको मंगलटारमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु घएको छ । भने घटनामा १८ जना घाइते भएको छन् । बुधबार काठमाडौंबाट जनकपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको यूपी ५८ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका–११ मंगलटारमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

नेपाल संग जिम्बावे ८ विकेटले पराजीत

काठमाडौं,बैशाख,२१-नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । जिम्बावेले दिएको १ सय […]

नेपाल एयरलाइन्सको वित्तीय सुधार हुँदै : अघिल्लो वर्षको तुलनामा आम्दानी ४७% ले बढ्यो

काठमाडौं,बैशाख,२१-आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ ।  निगमको पछिल्लो ६ महीनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जानकारी दिइएको छ ।  निगमका कार्यकारी अध्यक्ष युवराज […]