वाम गठबनधन ओखलढुंगाको चुनावी सभा तालकोटमा सम्पन्न

सिर्जना बर्देवा / ओखलढुंगा, मंसिर,३- वाम गठबनधन ओखलढुंगाको चुनावी सभा आइतबार मोलुगं गाउँपालिका अन्र्तगत पात्लेको तालकोटमा सम्पन्न भएको छ । चुनावी सभामा गठबन्धनका संघीय प्रतिनिधि सभाका उम्मेदवार एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार र प्रदेश सभाका उम्मेदवार अम्बिरबाबु गुरुङ्घ, वाम गठबन्धनका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा सीता माझी, सृजना आले लगायतका राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम […]

चर्चित मोडल थापा म्युजिक भिडियो संगै कार्यक्रममा ब्यस्त

सिर्जना बर्देवा/ ओखलढुंगा ,मंसिर,४- चर्चित मोडल बुद्धबिर थापा म्युजिक भिडियो संगै स्टेज कार्यक्रममा ब्यस्त देखीएका छन् । बाग्लुगंको गल्कोटमा जन्मीएका थापा गीतसंगीतमा निरन्तर लागी परेका छन् । भलिबल खेलाडी,संचारकर्मी हुँदै आफ्नो पहिचान बनाएका थापा गित संगीतमा छोटो समयमा व्यावसायिक र चर्चा कमाएका छन् । गीतसंगीतको क्षेत्रमा लागेको ३ बर्ष नपुग्दै थापाले करिब ३०० भिडियोमा आफ्नो […]

अछाम क्षेत्र नं.१ मा नेपाली कांग्रेसको चुनावी अभियान तिब्र

पुष्प कुवर/ अछाम,मंसिर,३- नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १का प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले सबिधान,लोकतन्त्र र लोकतान्त्रीक अधिकार रक्षाका लागी नेपाली काग्रेसलाई जिताउन आग्रह गनु भएको छ । आज बाब्लामा आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले २०६४ साल देखि २०७४ साल सम्म जनताले एमालेलाई जिताए पनि जिल्लाको समृद्धि र बिकासका […]

नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,३- नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा परेका छन् । नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले प्रभावकारी रुपमा सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका हुन । बिगत केहि महिना देखि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, स्काइ तथा नमस्ते मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राही प्रभावित बनेका हुन् । विभिन्न ठाउँमा फोन गर्दा नेटवर्कको समस्या […]

ओखलढुंगामा निर्बाचनका लागी खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालीम प्रदान

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,३- आगामी निर्बाचनका लागी ओखलढुंगामा खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लाई तालिम दिईएको छ । आईतबार सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाले उक्त तालीम दिईएको हो । एक सय ४१ मतदान केन्द्रका लागी सोही संख्यामा मतदान अधिकृत तथा सोही संख्या मै सहायक मतदान अधिकृत निर्वाचानमा खटिएका […]

प्रकाश दाहालको अन्त्येष्टि : प्रचण्डले दिए दागवत्ती

काठमाडौं,मंसिर,३- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालका एक मात्र पुत्र (साकार) प्रकाश दाहालको अन्त्येष्टि गरिएको छ । आकस्मिक हृदयाघातका कारण आज बिहान निधन भएका प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिनु भएको हो ।  उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  उनको पार्थिव शरिरमा अन्तीम […]

अहिले प्रकाशको शव अन्त्येष्टिका लागि आर्यघाटतर्फ लगिदै

काठमाडौं, मंसिर ३- आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटततर्फ लगिदैं छ । माओवादी मूख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी छन् । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । यसअघि […]

मध्यरातमा पत्रकार जैशीमाथी अज्ञात समुहद्वारा खुकुरी प्रहार

पवन मुडभरी/ बौनीयां,मंसीर,३- नेपाल पत्रकार महांसंघका सदस्य एवम कोशेली एफ एम बौनीयांका पुर्व समाचार वाचक तथा जनता टेलीभिजनका सम्वाददाता पत्रकार लक्ष्मी जैशी माथी गएराती अज्ञात समुहद्धारा खुकुरी प्रहार भएको छ । कैलालीको बर्दगोरीया गाउपालीका २ बौनीयां स्थित आफ्नै घरमा सुतीरहेको अवस्थामा गएराती करिब १ बजेको समयमा घरमा तोडफोड हुन थालेपछि घरबाहिर निस्कन खोज्दा लुटेराहरुले जैशीमाथि […]

हार्दिक श्रद्धाञ्जली : प्रचण्डपुत्र प्रकाश दाहालको निधन

 क्षेत्र खनाल/ काठमाडौं,मंसिर,३- अपडेट: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले गर्नुभएको हो । अहिले नर्भिक अस्पताल थापाथलीमा नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि […]

महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो

काठमाडौं,मंसिर,३- प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चार माध्यममा पनि महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो छ । समानुपातिक समावेशिताको जतिसुकै नारा दिए पनि प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निकै कम महिला उम्मेदवार उठाएका छन् । मङ्सिर १० र […]