आज वि.पी को ३५ औं जन्मदयन्ती मुलुकभर विभिन्न कार्र्यक्रम गरि मनाइदै

काठमाडौं,साउन,६- जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृती दिवस आज मुलुकभर विभिन्न कार्र्यक्रम गरि मनाइदै छ । बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भातृ संस्था र बिपी संग्राहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको […]

के तपाइलाई सधैं पैसाको अभाव, भइरहेको छ ? यदि छ भने यी ९ वटा गल्तीहरु गरियो होला ! के के हो गल्तीहरु हेर्नुहोस् ।

एजेन्सी,साउन,६- यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ की तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । तपाइलाई सधैं पैसाको अभाव भइरहेको छ ? यदि छ भने यी ९ वटा गल्तीहरु गरियो होला ! १) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ […]

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं, साउन,५- सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  आज बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् । आयोगलाई २१ दिनको कार्यअवधि […]

पूर्वमुख्यसचिव सुवेदीको राजीनामा स्वीकृत

काठमाडौं,साउन,५- सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उहाँको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला जानु भएको छ । तर, थप तीन […]

२ नम्बर प्रदेशको मनोनय भदौ २१ गते हुने

काठमाडौ ,साउन,५- निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको वैठकले असोज २ गते हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नम्बर २ अन्र्तगत ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहमा निर्वाचन हुन बाँकी छ । जसमा एक महानगरपालिका र बाँकी […]

अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य

काठमाडौं, साउन,५- यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले १९१ रनको विजयी लक्ष्य पाएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई निर्धारित ५० ओभरभन्दा २ बलअघि १९० रनका अलआउट गर्‍यो। अफगानिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा सहाव आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले समान २ तथा दीपेन्द्र ऐरी र किशोर महतोले […]

“शताब्दी पदक” नलीने प्रचण्डको घोषणा

 काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पदक नलिने घोषणा गर्नु भएको छ । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो । प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ । […]

निर्वाचनको समिक्षा र तयारीमा काँग्रेस पनि जुट्यो’

काठमाडौं,साउन,५- नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको भेला बोलाएको छ । नयाँ बानेश्वरमा जारी भेलामा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीबारे छलफल भइरहेको छ । भेलामा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम […]

माओवादी बैठक लम्बियोः इन्चार्जको रिपोर्टिङ जारी

काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको विस्तारित बैठक लम्बिएको छ । हिजै सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएकाले बैठक लम्बिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ । बैठकमा आजपनि जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ […]

तीन महिनाभित्र १३ अर्ब कर नतिरे युटिएल बन्द हुने

काठमाडौं,साउन,५- डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल० ले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ नतिरे उसको लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेको छ । सरकारले ०५८ सालमा नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी अनुमति दिएको भए पनि यूटीएलले अझैसम्म फ्रिक्वेन्सी र लाइसेन्स […]