बाँके,फागुन ४-मध्यपश्चिमका विभिन्न जिल्लामा वार्षिक सात अर्ब १९ करोड बढीको डिजल, पेट्रोल मट्टी तेल र हवाई इन्धन लगायतको इन्धन खपत हुने गरेको छ । नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले दिएको जानकारी अनुसार मध्यपश्चिममा मात्र गत आर्थिक वर्षमा सात अर्ब १९ करोड ६२ लाख ३ हजार ४ सय ३९ रुपैयाँ बराबरको इन्धन खपत भएको […]
Author: bihani
सुदूरपश्चिमभर हुलाकका करिब साढे चारसय पद रिक्त
होम योगी, कञ्चनपुर,फागुन ४-सुदूरपश्चिमभर हुलाकका करिब साढे चारसय पद रिक्त छन् । क्षेत्रीय हुलाक निर्देशनालय दिपायलका अनुसार ९ वटै जिल्लाहरुमा ४ सय २८ दरबन्दी रिक्त छन् । निर्देशनालयका अनुसार डोटी जिल्लामा शाखा अधिकृत २ जना, नायव सुब्बा २ जना, खरिदार ५ जना, सहायक कम्प्यूटर अपरेटर २ जना, सहायक लेखापाल २ जना र हुलाकी ४८ जना […]
स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने
काठमाडौं, फागुन ४- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज बालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन गर्न चाहिने सम्पूर्ण सुरक्षाको […]
मधेसी मोर्चाले नमाने पनि जेठमा चुनाव गर्ने तीन दलको तयारी
काठमाडौं, फागुन ४ – प्रमुख दलका शीर्ष नेताहरु जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका छन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष […]
डडेल्धुरामा जीप दुर्घटना, ७ जनाको मृत्यु
डडेल्धुरा, फागुन ४ –डडेलधुराको सदमुकाम नजीकै जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको छ। आज मध्यन्न पौने १२ बजे भागेश्वर गाविसबाट सदमुकामतर्फ आइरहेको जीप दुर्घटना हुँदा घाइते ४ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ। डडेलधुराका प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीका अनुसार घटनास्थलमै पाँच र अस्पताल ल्याउनेक्रममा २ […]
आइतबार चुनाव मिति घोषणा गर्ने तयारी ,प्रधानमन्त्री,देउवा र ओली भेटवार्तामा के भयो ?
काठमाडौं,फागुन ४- स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल […]
कोहलपुर नगरपालिका स्तरिय माओवादी केन्द्रको संयुक्त वडा सम्मेलन जारी
संगिन शर्मा कोहलपुर,फागुन ४-आमोवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत १३ वटै वडाको संयुक्त वडा सम्मेलन मंगलबारदेखि सुरु गरेको छ । विभिन्न माओवादी घटकहरुको एकतापछि पहिलो पटक हुन गईरहेको सम्मेलनले १३ वटै वडामा नयाँ नेतृत्व चयन गर्ने बताईएको छ । जसअन्तर्गत मंगलबार १, ३, ४, ६, १० र १२ नम्बर वडाको वडा सम्मेलन सम्पन्न भएको छ । […]
राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख गौतम सम्मानीत हुने
बाँके,फल्गुन ४-राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख नीरज गौतम पत्रकार बासु रिमाल यात्री पत्रकारीता पुरस्कार बाट सम्मानीत हुने भएका छन् । यहि फगुन ७ गते काठमाण्डौंमा हुने राष्ट्रिय समाचार समितिको वार्षिक उत्सवका अवसरमा उहाँलाई सम्मान गर्न लागिएको हो । वि.सं २०४२ सालदेखी राष्ट्रिय सेवा प्रवेश गर्नु भएका पत्रकार गौतमलाई राष्ट्रिय समाचार समिति कर्मचारी संघले सम्मान […]
बाँकेमा सञ्चालीत विद्यालय र मदरसाले बालबालिकाको पढाई शिपमा सुधार आउने
बाँके,फागुन ३-बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाईशिप बढाउन गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताले गर्दा बालबालिकाको पढाई शिपमा सुधार आउने देखिएको छ । बालबालिकाको पढाई शिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बाँकेमा गठन गरिएका टोल पढाई […]
भर्ना छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद
बाँके,फागुन ३-नेपाल बिद्यार्थी संगठन इकाई कमिटी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले भर्ना लिन छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद दिएको छ । बिद्यार्थी हकहितका लागि लड्दै आएका अन्य बिद्यार्थी संगठनहरुले स्नातक दोश्रो र तेस्रो बर्षका लागि भर्ना छुटेका बिद्यार्थीहरुको भर्ना प्रक्रियामा अबरोध पुर्याएका कारण नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसले घोर आपत्ति प्रकट गरेको छ । […]










