स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता

काठमाण्डौं,फागुन २-फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए । अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष […]

माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौं,फागुन २-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एर्कोयाव)ले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो । संविधानअनुसार निर्वाचन गराउन […]

वन कार्यालयले रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना

जाजरकोट,फागुन २-जाजरकोट जिल्ला वन कार्यालयले सुकेका सल्लीका रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना बढेको छ । विभिन्न खोटो कम्पनीहरुले जथाभावी खोटो निकालेपछि सल्लीका रुख सुकेका थिए । सुकेका रुखहरु विभिन्न वन समूहले कुहिन र जल्नबाट जोगाउन सुकेको काठ बिक्री गर्ने तयारी गरेका बेला जिल्ला वन कार्यालयले बिक्री वितरणमा रोक लगाएको हो । वन […]

रोल्पामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका

रोल्पा,फागुन २-चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी […]

बैंकबाट हराएको २३ लाख रुपैयाँ कर्मचारीकै भाउजुको घरमा फेला

धनगढी,फागुन २-नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखाबाट हराएको भनिएको करिब २३ लाख रुपैयाँ चोरीमा कर्मचारीकै संलग्नता फेला परेको छ । गायव भएको भनिएको रकम गोविन्द उपाध्यायले लगेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । वैंकबाट लगिएको रकम उहाँले भाउजुको घरमा भेटिएको छ । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले […]

कोहलपुरमा हुने महोत्सवको अवसरमा बृहत सरसफाइ

कोहलपुर, फागुन २-कोहलपुरमा हुन लागेको कोहलपुर महोत्सव अवसरमा आज कोहलपुरमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरीएको छ ।रुद्राक्ष फिल्मस् प्रालि कोहलपुर र ग्रिन सिटी युथ क्लव कोहलपुरको संयुक्त आयोजनमा सञ्चालन हुन लागेको महोत्सवको अवसरमा कोहलपुर क्षेत्रमा सरसफाइ आयोजना गरीएको महोंत्सवका संयोजक रुद्र खनालले बताउनुभयो । कोहलपुर चौराहाबाट सुरु भएको सरसफाइ कार्यक्रम कोहलपुर बजार क्षेत्र, न्यूरोड, बसपार्क, […]

उपचारका मृत्यु भएकाका आफन्त र नेपालगन्ज मेडिकल कलेज प्रशासनबीच विवाद कायमै

नेपालगञ्ज, फागुन २-गएको माघ २९ गते सवारी दुर्घटनामा गम्भीर घाईते भई उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएका एकजनाका आफन्त र मेडिकल कलेज प्रशासनबीच विवाद भएको छ । सवारी दुर्घटनामा घाइते भएका बर्दिया बाँसगडी– १ का लक्ष्मण डाङ्गीका आफन्त र अस्पताल प्रशाुनबिच आज हुने भनिएको बार्ता स्थगित भएको छ । हिजो दिनभर आफन्त र […]

राप्ती पडितको न्यायमा सम्वाद

मधुपौडेल नेपालगञ्ज, फागुन २-राप्ती नदि पीडितहरुको राहत तथा उचित बसोबासको सार्थक पहलका लागि सम्वद्ध सरोकारवालाको उच्च स्तरीय टोलीको स्थलगत भ्रमण गराइने भएको छ । तीन वर्षसम्म राहत नपाएका बाढी पीडितको उचित पुनस्थापना र स्थायी समाधानकान लागि निरन्तर पहल गर्दै आएको सम्वाद समूह बाँकेले सो को व्यवस्थापन तथा तयारी थालेको हो । राप्ती नदिमा ०७१ साउन […]

बाँकेका स्थानीय निकायका कर्मचारी आन्दोलीत : सेवाग्राहि मर्कामा

बाँके,फल्गुन २-बाँँकेका स्थानीय निकायका कर्मचारीको आन्दोलनले सेवाग्राहि मर्कामा परेका छन् । आज उनीहरुले सरकारी कार्यालयका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगायका छन् । निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै हिजोदेखि देशभरका स्थानीय निकायहरु ठप्प पारिएका छन् । स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा बाँकेसहित देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगर, नगर […]

अनौपचारिक श्रममा संलग्न महिला लक्षित कार्यक्रम नेपालगंजमा

मधुपौडेल बाँके,फाल्गुन २-अनौपचारिक श्रममा संलग्न महिला लक्षित कार्यक्रम उद्यमशीलता ,रोजगारीमुलक ,सशक्तीकरण ÷सीप विकास तथा क्षमता अभिबृद्धिका विषयमा आज नेपालगंजमा छलफल भएको छ । अनौपचारिक श्रममा महिला ÷किशोरी संग्लनता बढि देखीएका १० जिल्लाको तालिमको आश्वयकता पहिचान तालिम प्रदान गर्ने संस्थाको पहिचान तथा छनौट गर्ने विषयमा प्रारम्भिक बैठक आज नेपालगंजमा बसेको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रममा […]